बिशेष

१० हजार मेगावाट बिजुली खरिद गर्ने सम्झौता भारतीय मन्त्रिपरिषदबाट पारित (भिडियो रिपोर्टसहित)

२०८० भदौ १८ गते २१:०३
१० हजार मेगावाट बिजुली खरिद गर्ने सम्झौता भारतीय मन्त्रिपरिषदबाट पारित (भिडियो रिपोर्टसहित)

१८ भदौ २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमणका क्रममा भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने सम्झौता गर्यो ।

यो सम्झौतालाई भारत सरकारको केन्द्रीय मन्त्रिपरिषदले पारित गरेको छ । योसँगै भारतमा थप बिजुली निर्यातको बाटो खुलेको छ । तर भारतीय कम्पनीको लगानीमा रहेका, नेपालका निजी तथा सार्वजनिक क्षेत्रले निर्माण गरेको जलविद्युत आयोजनाका विद्युतमात्र लानेछ ।

भारत सरकारको केन्द्रीय मन्त्रिपरिषद्ले सोमबार नेपालसँग १० वर्षमा १० हजार मेगावाट विद्युत दीर्घकालिन रुपमा खरिद गर्ने प्रस्ताव पारित गरेको हो । यस अन्तर्गत विभिन्न भारतीय कम्पनीको लगानी आयोजना, नेपालका निजी तथा सार्वजनिक क्षेत्रले निर्माण गरेका आयोजनहरु समावेश गरिने बुझिएको छ । यसले अहिले भारतले खरिदको अनुमति नदिएर रोकेका आयोजनाहरुको समेत बिजुली किन्ने छ ।

हाल नेपालको कुल विद्युतको जडित क्षमता २ हजार ९ सय मेगावाट पुगेको छ । आन्तरिक खपत करिब १ हजार ७ सय मेगावाट मात्रै हो । वर्षायाममा अहिलेकै उत्पादनलाई हेर्ने हो भने पनि नेपालले १ हजार २ सय मेगावाट निर्यात गर्न सक्छ । तर, विद्युत व्यापार सम्झौता गरेको भारतले हाल ४ सय ५२ मेगावाट विद्युत मात्र खरिद गर्न अनुमति दिएकाले ७ सय मेगावाट खेर गइरहेको छ । २०७८ भदौमा नेपाल सरकारले खरिदका लागि पठाएको १८ आयोजनाका १ हजार १० मेगावाट बिजुलीलाई भारतले अनुमति नदिएर थन्काएर राखेको छ ।

भारतले निर्यात अनुमति नदिएका आयोजनाहरु ?

चमेलिया
२८ दशमलव १ मेगावाट

माथिल्लो भोटेकोशी
४४ मेगावाट

माथिल्लो तामाकोशी
४४२ दशमलव ३२ मेगावाट

लिखु खोला ए
२३ मेगावाट

मिस्त्री खोला
४० दशमलव ७४ मेगावाट

तल्लो मोदी
९ दशमलव ७ मेगावाट

माइखोला
२१ मेगावाट

हेवा खोला ए
१४ दशमलव ४५ मेगावाट

तल्लो हेवा खोला
२१ दशमलव ४७ मेगावाट

माथिल्लो बलेफी ए
३४ मेगावाट

माथिल्लो दोर्दी ए
२४ दशमलव ४५ मेगावाट

तल्लो लिखु
२७ मेगावाट

दोर्दी खोला
२६ दशमलव १९ मेगावाट

सोलुखोला दुधकोशी
८३ दशमलव ४२ मेगावाट

माथिल्लो चाकू १
२१ दशमलव ५३ मेगावाट

लिखु २
५० दशमलव ८९ मेगावाट

सुपर दोर्दी ख
५२ दशमलव ३८ मेगावाट

सुपर मादी
४२ मेगावाट

भारतको मन्त्रिपरिषद्ले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा भएको सम्झौता कार्यान्वयनको बाटो त खोलेको छ । अब यसको औपचारिक पत्राचार भएपछि नेपाल र भातरबीच प्रोटोकलमा हस्ताक्षर भएर कार्यान्वयनमा जानेछ । त्यसपछि आयोजनाहरुको बिजुली खरिदको अनुमति कहिले दिने र नेपालले कस्तो पहल कदमी लिन्छ त्यसले बिजुली निर्यातमा नयाँ ढोका खोल्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्