बिशेष

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित प्रश्न संसदीय समितिबाट सम्बोधन हुने प्रधानमन्त्रीको विश्वास

हिमालय टिभी
२०८० भदौ १८ गते १४:२५
सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित प्रश्न संसदीय समितिबाट सम्बोधन हुने प्रधानमन्त्रीको विश्वास

१८ भदौ २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित प्रश्नहरु संसदीय समितिबाट समाधान हुने विश्वास व्यक्त गर्नुभएको छ ।

काठमाडौंमा आयोजित सङ्क्रमणकालीन न्याय सम्बन्धी कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सरोकारवालाहरूले उठाएका समस्यालाई समितिले समाधान गर्ने बताउनु भएको हो ।

संशोधनले पीडितको अधिकार सुनिश्चित गरी देशलाई स्थिर र दिगो शान्तितर्फ लैजाने उहाँको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले संक्रमणकालीन न्यायको सन्दर्भमा संघर्षको प्रकृति, सन्दर्भ र लोकतन्त्रको स्थापनासँगै सामाजिक परिवर्तनमा खेलिएको भुमिकाबारे विचार गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

उहाँले विगतमा भएका मानव अधिकार उल्लंघनका विषय अझै सम्बोधन हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले शान्ति प्रक्रिया टुंगोमा नपुग्दा नेपाल द्वन्द्व पीडित देशमा वर्गीकृत हुनु परेको धारणा राख्नु भयो । शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन अब कुनैपनि बहानामा ढिलाइ गर्न नहुने भन्दै जतिसुकै जनआन्दोलन भएपनि अन्याय दबाएर दिगो विकास र शान्ति स्थापना हुन नसक्ने बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्