बिशेष

कोशी प्रदेश सरकारविरुद्ध दायर मुद्दाको सुनुवाइ स्थगित

हिमालय टिभी
२०८० भदौ १५ गते १३:२७
कोशी प्रदेश सरकारविरुद्ध दायर मुद्दाको सुनुवाइ स्थगित

१५ भदौ २०८० काठमाडौं । कोशी सरकारविरुद्धको रिटमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाले हेर्न नमानेपछि आजको सुनुवाइ स्थगित भएको छ ।

भदौ ७ गते न्यायाधीश खतिवडाको इजलासले प्रदेश सभा बैठकको अध्यक्षता गरेको व्यक्तिले मुख्यमन्त्रीलाई विश्वासको मत दिनु असंवैधानिक हुने र दीर्घकालीन र नीतिगत निर्णय नगर्न आदेश दिनुभएको थियो ।

उहाँले आफूले यो रिटमा राय दिइसकेकाले मुद्दा हेर्न नमिल्लने तर्क गरेपछि सुनवाइ स्थगित भएको हो । कोशी सरकार काम चलाउन रहँदा बजेट होलिडेको अवस्था उत्पन्न भएको छ ।

आज न्यायाधीशद्वय खतिवडा र सुष्मालता माथेमाको इजलासमा रिट सुनुवाइका लागि तोकिएको थियो । भदौ ४ गते मुख्यमन्त्री उद्धव थापाले कोशी प्रदेशसभामा विश्वासको मतको प्रस्ताव गर्दा सभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीले मत दिएर बहुमत पुगेको थियो ।

यसविरुद्ध एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की सर्वोच्च अदालत पुग्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्