Main News

एमसीसी कार्यान्वयनबारे सरकार र एमसीसीबीच ‘लेटर अफ एक्सचेन्ज’ हुने

हिमालय टिभी
२०८० भदौ १२ गते १७:३२
एमसीसी कार्यान्वयनबारे सरकार र एमसीसीबीच ‘लेटर अफ एक्सचेन्ज’ हुने

१२ भदौ २०८० काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी कार्यान्वयनका लागि अर्थमन्त्रालय र एमसीसीबीच ‘लेटर अफ एक्सचेन्ज’ हुने भएको छ ।

अर्थमन्त्रालयमा भोलि हुने लेटर अफ एक्सचेन्जमा भाग लिन एमसीसीका उपाध्यक्ष क्यामरुन अलफोर्ड नेपाल आउँदै हुनुहुन्छ । अर्थमन्त्रालयका उच्च अधिकारी र उपाध्यक्ष क्यामरुनले लेटर एक्सचेन्ज गर्नुहुनेछ ।

यो कार्यक्रम सामान्य हुने बताइएको छ । यसमा अर्थमन्त्रालय र एमसीसीका प्रतिनिधि मात्र रहनेछन् । तर, सेप्टेम्बर अन्तिममा भने एमसीसी कार्याक्रमको औपचारिक घोषणा हुनेछ । लेटर अफ एक्सचेन्जका लागि मात्र आएका क्यामरुन ३ दिनसम्म यहाँ रहनुहुनेछ ।

उहाँले प्रधानमन्त्रीदेखि राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको काठमाडौंस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

क्यामरुनको भ्रमण लगतै सेप्टेम्बर पहिलो साता अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेन पनि नेपाल भ्रमणमा आउने कार्यक्रम रहेको छ ।

उहाँले अमेरिकी सहयोगमा सञ्चालित एमसीसीसहित अन्य सहयोग परियोजना र स्थानीय सांस्कृतिक महत्वका क्षेत्रमा भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

एमसीसी अमेरिकाको ६० अर्ब रुपैयाँ बराबर सहयोग र नेपालको २६ अर्ब रकमको परियोजना हो । यो परियोजना अन्तर्गत विद्युतीय प्रसारण लाइन र सडक मर्मत रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *