सेवाग्राहीको विश्वास जित्दै पाल्पा अस्पताल (भिडियो रिपोर्टसहित)

२०८० भदौ ९ गते १८:१२
सेवाग्राहीको विश्वास जित्दै पाल्पा अस्पताल (भिडियो रिपोर्टसहित)

९ भदौ २०८० पाल्पा । जिल्ला अस्पताल पाल्पाले पछिल्लो समय सेवाग्राहीको विश्वास जित्दै आएको छ । पाल्पा जिल्लाका मात्र नभएर जिल्लाभन्दा बाहिरका बिरामी पनि उपचारका लागि अस्पतालमा आउने गरेका छन् । तर, पूर्वाधार र सरसफाईमा ध्यान दिन भने अस्पताल प्रशासनले सकेको छैन ।

जिल्ला सरकारी अस्पतालको सेवा र गुणस्तर सुधारका लागि विभिन्न प्रयास भइरहेको छ । जसको संकेत जिल्ला अस्पताल पाल्पमा देख्न सकिन्छ । यहाँको सेवा प्रवाहमा सुधार ल्याउन विभिन्न पहल भइरहेका छन् ।

सरकारी अस्पताल भन्ने वितिकै राम्रो उपचार सेवा नपाइने स्वास्थ्य संस्था भन्ने सोचलाई अस्पतालले सेवामा सुधार गरेर आम नागरिक र बिरामीको मन जित्न थालेको छ । तानसेनस्थित जिल्ला सरकारी अस्पतालमा सेवा राम्रो भएकाले बिरामीको उपस्थिति पनि बाक्लिँदै गएको छ ।

बिरामीको चाप र मागलाई मध्यनजर गरी अस्पतालमा विहान ८ बजेदेखि ओपिडी सेवा सञ्चालन भइरहेको छ । तर, अस्पतालमा सबै किसिमका सेवा सुविधा उपलब्ध छैन । पुरानै भवनबाट सेवा दिइएको छ ।

विशेषज्ञ चिकित्सकको अभाव छ । अस्पतालसँग आफ्नो एम्बुलेन्स समेत छैन । आवश्यक पूर्वाधार नहुँदा विरामी बढी रकम खर्चेर मिसन र लुम्बिनी मेडिकल कलेज जान बाध्य भएका छन्  ।

अहिले अस्पतालमा दैनिक करिब ३ सय देखि ३ सय ५० जना बिरामीले सेवा लिने गरेका छन् । पूरानो भौतिक संरचना र दरबन्दी अनुसारको जनशक्ति अभावका बीचमा पनि स्तरीय सेवा दिएको अस्पतालको दावी छ । दरबन्दी अनुसार जनशक्ति नहुँदा पनि आन्तरिक रुपमा व्यवस्थापन गरेर सहज रुपमा सेवा उपलब्ध गराइरहेको अस्पतालले जनाएको छ ।

स्वास्थ्य जस्तो संवेदनशील विषयमा राज्यलाई झकझक्याउने काम राजनैतिक दल, सांसदको हो । जिल्लाका नेताहरूले सरकारी अस्पतालमा दरबन्दी अनुसारको कर्मचारीको व्यवस्थापन गर्न माग गरेको पाइँदैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *