साहित्यकार एवं शिक्षासेवी तुलसी थापाको निधन

हिमालय टिभी
२०८० भदौ ८ गते १३:२७
साहित्यकार एवं शिक्षासेवी तुलसी थापाको निधन

८ भदौ २०८० मकवानपुर । साहित्यकार एवं शिक्षासेवी तुलसी थापाको निधन भएको छ ।

मकवानपुर हेटौंडा उपमहानगरपालिकाका थापाको उपचारको क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा आज निधन भएको हो । मुटु, मिर्गौला र फोक्सोको समस्याबाट पीडित ७८ वर्षीय थापालाई केही दिनयता निमोनियासमेत देखिएको थियो ।

कथा, कविता र नाटकमा कलम चलाउने थापाले पछिल्ला समयमा दाना कविता लेखेर साहित्य क्षेत्रमा छुट्टै पहिचान बनाउनुभएको थियो ।

मकवानपुरका विभिन्न विद्यालयको प्रधानाध्यापक भएका थापा शिक्षण पेसाबाट निवृत्त भएपछि साहित्य र कलाको विकासमा लाग्नुभएको थियो । भीम विराग सङ्गीत, साहित्य कला प्रतिष्ठानका पूर्व अध्यक्षसमेत रहेका थापाले सीमान्तकृत समुदाय चेपाङ समुदायको विकासमा लामो समयमा काम गर्नुभएको थियो ।

थापाको दाना कविता सङ्ग्रह एक निमेष अनन्तकोलगायतका कृति प्रकाशित छ । थापाको अमरसिंहको खोजिमा नाटक संग्रह निकै चर्चित नाटक संग्रह हो ।

२०४४ सालमानै गोरखा दक्षिण बाहु चौथोबाट सम्मानित थपाले अन्य विभिन्न पुरस्कार तथा सम्मान प्राप्त गर्नुभएको थियो । थापाको जन्म मकवानपुरको भैँसेमा २००२ सालमा भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *