सिरहाको सारे आमबास, बत्तीमुनिको अँध्यारो (भिडियो रिपोर्टसहित)

२०८० भदौ ६ गते २०:४६
सिरहाको सारे आमबास, बत्तीमुनिको अँध्यारो (भिडियो रिपोर्टसहित)

६ भदौ २०८० सिरहा । बजेट विनियोजनमा पहुँचवालाकै हालिमुहाली नौलो हुनै छाडेको छ । आवश्यकता र अध्ययनबिना नै विनियोजन गरिने बजेटले नागरिकको जीवनमा छोएको छैन ।

यस्तै अवस्था छ, सिराहाको सारे आमबासमा । त्यहाँ सडकको राम्रो अवस्था छैन भने केही ठाउँमा विद्युतको पहुँच नै छैन । एक कल फोन गर्नुपरे डाँडा चढ्नुपर्छ ।

बजेट निर्माणमा पहुँचवालको हालिमुहाली हुँदा भौगोलिक रुपमा सुगम मानिएको तराईका धेरै ठाउँका नागरिक बत्तीमुनिको अँध्यारोको नियति भोगिरहेका छन् । यस्तै अवस्था सिराहाको सारे आमबासका नागरिकले भोगिरहेका छन् ।

पूर्व–पश्चिम राजमार्गबाट करिब तीस किलोमिटर उत्तरतर्फ लागेपछि पुगिन्छ, सारे आमवास । धनगढीमाई नगरपालिका वडा नम्बर १४ मा रहेको सारे आमवासमा बहुदलीय व्यवस्था पुर्नस्थापना हुनुभन्दा ६ महिनाअघि तत्कालीन मालेले भूमिगत रुपमा चौथो महाधिवेशन गरेको थियो ।

जबजका प्रवर्तक मदन भण्डारी महासचिवमा निर्वाचन हुँदै गर्दा नागरिकले धेरै ठूला अपेक्षा गरेका थिए । उक्त महाधिवेशनको ३४ वर्ष बित्यो । नागरिकको दुःख जस्ताको तस्तै । मैदानमा धर्सो कोरिएजस्ता सडकका ट्र्याक त खुलेका छन् । तर, यात्रामा सँधैको सास्ती ।

सबै ठाउँमा विद्युतीय पहुँच छैन । विद्यालय छ । तर, वर्षाका बेला विद्यालय जान सक्ने अवस्था हुँदैन ।

गाउँमा समस्याका चाङ छन् । विरामी पर्दा एम्बुलेन्स बोलाउन टेलिफोनको राम्रो सुविधा छैन । मोबाइलको नेटवर्क नआउँदा अत्यावस्यक परेका बेला फोन गर्न डाँडा चढ्नुपर्छ ।

ठूलो आश्वासन बाँड्दै एमालेले ४६ सालमा महाधिवेशन गरेको थियो । मदन भण्डारी महासचिव भए । देशमा बहुदल पुनस्र्थापना भयो, मदन भण्डारीको निधन भयो । राजाको शासन हुँदै गणतन्त्र, नयाँ संविधान, दर्जनौं प्रधानमन्त्री देशले पायो । तर, आमबासका नागरिकको अवस्था अझै दयनीय छ । यही ठाउँमा एमालेले सचिवालय बैठक गर्दै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *