कोशीका सात जिल्लामा प्रदूषित पानी (भिडियो रिपोर्टसहित)

२०८० भदौ ५ गते १६:५४
कोशीका सात जिल्लामा प्रदूषित पानी (भिडियो रिपोर्टसहित)

५ भदौ २०८० सुनसरी । कोशी प्रदेशका ७ जिल्लामा पानी खान अयोग्य रहेको पाइएको छ । प्रदेशको तराईमा रहेका ३ जिल्लाका खाने पानीमा आर्सनिक भेटिएको छ भने धरानसहित ४ जिल्लामा वितरण भइरहेको पानीमा फिकल कोलिफर्म नामक किटाणु पाइएको छ ।

सरकारले प्रत्येक नागरिकलाई शुद्ध पिउने पानीको व्यवस्था गर्ने संकल्प लिएपनि कोशी प्रदेशका नागरिक प्रदुषित पानी पिउन बाध्य छन् । तराईमा रहेका सुनसरी, मोरङ र झापामा प्रयोग भइरहेको पानीमा आर्सनिक भेटिएको छ भने सुनसरीको धरान, धनकुटा, भोजपुर, इलाम र पाँचथर जिल्लाका नागरिकले प्रयोग गरिरहेको पानीमा फिकल कोलिफर्म भेटिएको छ ।

फिकल कोलिफर्म मलमुत्रमा भेटिने जिवाणु हो । पानी परीक्षण प्रयोगशाला इटहरीले गत आर्थिक वर्षमा १ सय ५१ वटा नमूना परीक्षण गर्दा त्यसमा २० प्रतिशत भन्दा बढीमा ई–कोली ब्याक्टेरिया रहेको पुष्टि भएको पानी परीक्षण प्रयोगशालाले पुष्टि गरेको छ ।

प्रदेशमा रहेका कतिपय खानेपानी सस्थांहरुमा ट्रिटमेन्ट प्लान्ट भने छैन । त्यसयता संस्थाले खानेपानीको ट्यांकीमा ब्लितिङ पाउडर समेत मिसाएको पाइएको छ ।

यस्तो पानी प्रयोग गर्दा हैजा, झाडापखाला, आउँ जस्ता रोग लाग्ने भए पनि सर्वसाधारणसँग अर्को विकल्प भने छैन । पानीमा फिकल कोलिफर्म र आर्सेनिक भेटिए खान अयोग्य मानिन्छ । राष्ट्रिय पिउने पानी गुणस्तर मापदण्ड २०७९ अनुसार पानीमा कोलिफर्म र आर्सेनिकयुक्तको मात्रा शून्य हुनुपर्छ ।

आम नागरिकलाई स्वच्छ खानेपानीको व्यवस्था गर्नु सरकारको प्राथमिक दायित्व हो । तर पाहाडमा विछ्याइएका खानेपानीको पाइपमा फोहर मिसिनु र तराइको चपा कलहरुमा आर्सेनीक समेत देखापर्दा सरकार वेखवर जस्तै रहदा यो समस्या दिनप्रतिदिन झनै वढ्दै गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *