खेलकूद

प्रिमियर लिगमा आर्सनलको लगातार दोस्रो जित

हिमालय टिभी
२०८० भदौ ५ गते ९:२९
प्रिमियर लिगमा आर्सनलको लगातार दोस्रो जित

५ भदौ २०८० काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार दोस्रो जित निकालेको छ ।

प्रिमियर लिगको पछिल्लो खेलमा आर्सनलले क्रिष्टल प्यालेसमाथि १–० को जित निकालेको हो । आर्सनलको जितमा मार्टन ओडेनगार्डको एकमात्र गोल नै निर्णायक रह्यो ।

उनले ५३औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । त्यसपछि ६७औं मिनेटमा टाकिहिरो टोमियासुले रेड कार्ड पाएपछि आर्सनल दस खेलाडीमा सिमित भएको थियो ।

जितसँगै तीन अंक जोडेको आर्सनल तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्