Main News

समाजवादी मोर्चाले सातै प्रदेशमा सभा गर्ने

हिमालय टिभी
२०८० भदौ ४ गते १३:१६
समाजवादी मोर्चाले सातै प्रदेशमा सभा गर्ने

४ भदौ २०८० काठमाडौं । चार दल सम्मिलित समाजवादी मोर्चाले सातै प्रदेशमा सभा गर्ने भएको छ ।

एकीकृत समाजवादीको केन्द्रीय कार्यालय,आलोकनगरमा आज बिहान बसेको मोर्चाको बैठकले सबै प्रदेशमा सभा गर्ने निर्णय गरेको हो ।

बैठकले ८ गते मधेश प्रदेशको वीरगञ्जमा, १२ गते लुम्बिनीको बुटवलमा, १३ गते सुदूरपश्चिमको धनगढीमा, १४ गते कर्णालीको सुर्खेतमा, १५ गते गण्डकीको पोखरामा, २३ गते बागमतीको हेटौंडामा र २५ गते कोशी प्रदेशको विराटनगरमा सभा गर्ने निर्णय गरेको एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले जानकारी दिनुभयो ।

मोर्चाले यो सभालाई सन्देश सभा नाम दिएको छ । बैठकले मोर्चाको प्रदेश संयोजक सातै प्रदेशमा हुने सभामा घोषणा गर्ने निर्णयसमेत गरेको छ ।

बैठकले सरकारले थालेको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थनसमेत गरेको नेकपाका महासचिव नेत्रविक्रम चन्दले जानकारी दिनुभयो ।

सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रसहित चार दलले गत असार ४ गते समाजवादी मोर्चा घोषणा गरेका थिए । मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र चन्द नेतृत्वको नेकपा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *