Main News

फुर्सदिला प्रधानमन्त्री : मनोरञ्जनात्मक कार्यक्रममा ५ घण्टा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० भदौ ३ गते २०:४५
फुर्सदिला प्रधानमन्त्री : मनोरञ्जनात्मक कार्यक्रममा ५ घण्टा (भिडियो रिपोर्टसहित)

३ भदौ २०८० काठमाडौं । तेस्रो पटक प्रधानमन्त्री बनेलगत्तै प्रधानमन्त्री पुषकमल दाहाल प्रचण्डले आफू भाषणभन्दा काममा ध्यान दिने बताउनुभएको थियो ।

औपचारिक, अनौपचारिक कार्यक्रममा भाषण गर्ने विषय आफ्नो प्राथमिकतामा नपर्ने बताउनु भएको थियो । हाल प्रचण्डले आफ्नो प्रतिबद्धता बिर्सिएर विद्यालयको वार्षिक उत्सवदेखि मनोरञ्जनात्मक कार्यक्रमसम्ममा घण्टौँ समय खर्चिरहनु भएको छ ।

शनिबार साझँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक मनोरञ्जनात्मक कार्यक्रममा ५ घण्टा समय बिताउनुभयो । काठमाडौंमा भएको मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको ग्राण्ड फिनालेमा दीप प्रज्वलनका लागि परराष्ट्रमन्त्री एनपी साउदसहित नेता कार्यकर्ता बोकेरे पुगेका प्रचण्ड कार्यक्रम अवधिभर सभामुख देवराज घिमिरे र आयोजक इन्ट्रा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीको बीचमा बसेर पूरै मनोरञ्जन लिनुभयो ।

प्रधानमन्त्री सहभागी कार्यक्रम आफैमा विवादित कार्यक्रम हो । यतिसम्मकी आयोजकले नेपालीलाई नै विभिन्न प्रलोभन दिएर ठगी गरेको निवेदन प्रधानमन्त्री कार्यालयमै दर्ता भएको छ ।

तर देशको कार्यकारी प्रमुख प्रधानमन्त्री भने त्यही विवादित कार्यक्रममा घण्टौँसम्म बसिरहनु भयो । संसदमा जारी गतिरोध, गठबन्धनभित्रकै उतार चढाव अनि जनजिविकासँग जोडिएका कयौँ मुद्दाहरु सायद उहाँका प्राथमिकता होइनन् ।

शनिबार एक दिनमात्र होइन, प्रधानमन्त्री लगभग फुर्सदमै हुनुहुन्छ । साउन १० गतेयता संसद बन्धक बनेपछिका गतिविधि मात्रै हेर्ने हो भने उहाँको भूमिका केवल आशन लिनु र भाषण गर्नु मात्र हो ।

हेरौँ प्रधानमन्त्री प्रचण्डका साउन १२ यताका गतिविधि
साउन १२ गते

कार्यक्रमः रोममा खाद्य कार्यक्रममा नेपालको सहभागिताबारे जानकारी
स्थानः काठमाडौं

साउन १४ गते
कार्यक्रमः वाम बुद्धिजीवी माधव मरहठ्ठाको जीवनीमा आधारित ‘‘माधव सर’’ पुस्तकको लोकार्पण
स्थानः प्रज्ञा भवन कमलादी

साउन १४ गते
कार्यक्रमः समाजवादी मोर्चाका विद्यार्थी संगठनको मोर्चा घोषणा कार्यक्रम
स्थानः च्यासल, ललितपुर

साउन १५ गते
कार्यक्रमः पशुमा देखिने रोगबारे छलफल कार्यक्रम
स्थानः प्रधानमन्त्री निवास, बालुवाटार

साउन १६ गते
कार्यक्रमः सुदूरपश्चिम विश्वविद्यालयको एघारौँ सभा
स्थानः प्रधानमन्त्री निवास, बालुवाटार

साउन १७ गते
कार्यक्रमः राष्ट्रिय योजना आयोगको बैठक
स्थानः प्रधानमन्त्री निवास, बालुवाटार

साउन १७ गते
कार्यक्रमः पार्टी केन्द्रीय समितिको चौथो पूर्णबैठक
स्थानः पार्टी कार्यालय, पेरिसडाँडा

साउन १९ गते
कार्यक्रमः मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठक
स्थानः प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार

साउन २४ गते
कार्यक्रमः २९औँ आदिवासी दिवसको अवरसमा आयोजित सभा
स्थानः प्रज्ञा भवन कमलादी

साउन २५ गते
कार्यक्रमः प्रधानमन्त्री र संघीय मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौता बैठक
स्थानः प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार

साउन २६ गते
कार्यक्रमः स्वास्थ्यमन्त्री मोहन बस्नेतको एक सय दिनको उपलब्धि सार्वजनिक
स्थानः राष्ट्रियसभा गृह

साउन २६ गते
कार्यक्रमः श्रम बजार मर्यादित र सुरक्षित बनाउन छलफल
स्थानः प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार

साउन २९ गते
कार्यक्रमः पार्टीको बागमती प्रदेश समितिको पाँचौं पूर्ण बैठक
स्थानः गौशाला

साउन ३० गते
कार्यक्रमः काठमाडौँ उपत्यकामा सुकुम्बासी व्यवस्थापन सम्बन्धी बैठक
स्थानः प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार

साउन ३० गते
कार्यक्रमः सम्पादकहरूसँग छलफल
स्थानः प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार

साउन ३१ गते
कार्यक्रमः अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगार व्यक्तिको सामाजिक सुरक्षा योजना शुभारम्भ ‍समारोह
स्थानः प्रज्ञा भवन कमलादी

साउन ३१ गते
कार्यक्रमः विमानस्थलको सुरक्षा प्रबन्धबारे छलफल
स्थानः प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार

साउन ३२ गते
कार्यक्रमः २०औं दोरम्बा हत्याकाण्ड स्मृति दिवस तथा श्रद्धान्जली सभा
स्थानः दोरम्बा

भदौ १ गते
कार्यक्रमः नेपाल विद्युत प्राधिकरणको ३८ औं वार्षिकोत्सव समारोह
स्थान L

भदौ २ गते
कार्यक्रमः रियालिटी शो विजेता घोषणा समारोह
स्थानः काठमाडौं

यी कार्यक्रम हेर्ने हो भने देशको कार्यकारी प्रमुखको हैसियतमा सहभागी हुनुपर्ने कार्यक्रम जम्मा ५ वटा देखिन्छन् । त्यसबाहेक घण्टौँ समय बिताएका १६ वटा कार्यक्रम प्रधानमन्त्रीकै उपस्थिति हुनुपर्ने खालका थिएनन् ।

त्यसो त मन्त्रीस्तरीय सहभागिता भए पनि हुने एक कार्यक्रममा सहभागी हुन प्रचण्ड साउन पहिलो साता इटली पुग्नुभयो । भदौको अन्तिम साता र असोजको पहिलो साता अमेरिका र त्यतैबाट चीन जाने तयारी भइरहेको छ । यी भ्रमणहरु खाली पिकनिकमा सीमित हुनेछन् ।

अमेरिकामा हुने संयुक्त राष्ट्र संघीय कार्यक्रम प्रतिनिधि पठाए मात्र हुने खालको हो भने चीन भ्रमणको त ठोस एजेण्डा नै छैन । त्यसैले विद्युत व्यापारसम्बन्धी सम्झौताको प्रचार गरेर प्रधानमन्त्रीले भ्रमणको अनुमोदन गराउने प्रयास गरिरहनु भएको छ । मुलुकका सयौँ समस्याहरु नजरअन्दाज गरेर कहिले देशभित्रै र कहिले देशबाहिरको रामरमितामा समय विताइरहने प्रधानमन्त्रीलाई आम नागरिकको प्रश्न छ, अघिल्ला दुई कार्यकालमा सिक्न पाएँ अब गर्छु भनेको काम चाँहि के थियो, एकपटक सम्झिदिनुहुन्छ कि ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *