री गाउँमा जमिन भासिएपछि ५१ घर पहिरोको उच्च जोखिममा
२०८० साउन ३१ गते २०:२८

३१ साउन २०८० धादिङ । उत्तरी धादिङको री गाउँमा बस्ती नजिकै जमिन भासिएपछि ५१ घर पहिरोको उच्च जोखिममा परेका छन् ।
दुई दिनअघि बस्तीभन्दा तलको भाग भासिएपछि जोखिममा परेका उत्तरी धादिङको गंगाजमुना गाउँ पालिकाको री गाउँका ५१ घर धुरीलाई नजिकैको विद्यालयमा स्थानान्तरण गरिएको छ ।
पहिरोको कारण २२ उच्च जोखिम २३ मध्यम जोखिम र ६ घर र री उच्च माध्यमिक विद्यालय पनि सामान्य जोखिममा रहेको गाउँपालिकाका कार्यकारी अधिकृत अनिल श्रेष्ठले जानकारी दिए ।
पहिरोको जोखिमका कारण केही दिनका लागि विद्यालय पनि बन्द गरिएको छ । री(गाऊँ पुगेको गाउँपालिकाको टोलीले रेडक्रससँगको समन्वयमा प्रभावित घरधुरीलाई त्रिपाल र म्याट्रेस वितरण गरिएको जनाएको छ ।
प्रतिक्रिया