टुक्रे बजेटको दोहन, सडक नै नभएको स्थानमा कल्भर्ट निर्माण (भिडियो रिपोर्टसहित)

२०८० साउन ३० गते १७:०१
टुक्रे बजेटको दोहन, सडक नै नभएको स्थानमा कल्भर्ट निर्माण (भिडियो रिपोर्टसहित)

३० साउन २०८० कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा सडक नै नभएको स्थानमा कल्भर्ट निर्माण भएको पाइएको छ ।

स्थानीय तहमा पठाइने टुक्रे बजेटको दोहन कसरी हुँदो रहेछ भन्ने उदाहरण हो, जहरी खोलामाथिको पुल । जुन अहिले प्रयोगविहीन छ ।

कतै बाटो छ, पुल छैन, त कतै पुल छ बाटो छैन । पुल नहुँदा दुर्गमका नदीहरुमा तुइनको भर पर्नुपर्ने अवस्था छ । तर, सुगम जिल्ला कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ४ मा बाटो नै नभएको स्थानमा कल्भर्ट बनाइएको हो ।

आर्थिक वर्ष ०७७–७८ को योजनामा कृष्णपुर–४ जहरी खोलामा पाँच लाखको लागतमा बनाइएको कल्भर्टको औचित्यमाथि अहिले प्रश्न उठेको छ । विगतमा ह्युमपाइप रहेको नालामा जमिन र सतह नमिल्दा पछि पक्की कल्भर्ट बनाइएको हो ।

स्थानीयको माग अनुसार नै योजना पठाइएको दाबी जनप्रतिनिधिको छ । सडकको पहुँच सुनिश्चितता विनै कल्भर्ट निर्माण गरेर अनियमितता गरिएको भन्दै स्थानीयले छानबिनको माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *