मधेसमा सर्पको बिगबिगी, कलैयामा सर्पदंशका बिरामीको संख्या बढ्दै (भिडियो रिपोर्टसहित)

२०८० साउन ३० गते १६:५७
मधेसमा सर्पको बिगबिगी, कलैयामा सर्पदंशका बिरामीको संख्या बढ्दै (भिडियो रिपोर्टसहित)

३० साउन २०८० बारा । मधेश प्रदेशको प्रादेशिक अस्पताल बाराको कलैयामा सर्पदंशका बिरामीको संख्या बढ्दो अवस्थामा छ ।

वर्षायाममा विषालु सर्पको बिगबिगी र स्थानीय स्तरमा सर्पदंश उपचार सेवा नहुँदा प्रादेशिक अस्पतालमा बिरामीको संख्या बढेको हो ।

प्रादेशिक अस्पताल कलैयामा दैनिक १५ जनासम्म सर्पले डसेका बिरामी पुग्ने गरेका छन् । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा सिमरानगर अस्पताल निजगढमा पनि सर्पदंश उपचार केन्द्र भए पनि पर्याप्त उपचार सामग्री नहुँदा विरामी प्रादेशिक अस्पताल नै पुग्ने गरेका छन् ।

बारामा आर्थिक वर्ष २०७७–०७८ सर्पले डसेर ६ सय १ जना बिरामी भएका थिए । २०७८–०७९ मा ८ सय ७२ जना बिरामी र १ जनाको मृत्यु भएको थियो ।

आर्थिक वर्ष २०७९– ०८० मा सर्पको डसाइबाट ७ सय ७३ जना बिरामी भएका थिए ३ जनाको मृत्यु भएको थियो ।

चालु आर्थिक वर्षको साउन महिनासम्म १ सय ५५ जना सर्पको टोकाइबाट बिरामी भएकोमा ५ जनाको मृत्यु भएको छ । तराइका जिल्लामा गर्मी बढेको र बर्षातको समय भएकाले बिषालु सर्प जमिन बाहिर निस्कन्छन् ।

यस्तो बेलामा घर भित्रै पनि सर्पले डस्ने सम्भावना बढी छ । सर्प देख्नासाथ उद्दारकर्तालाई सूचना दिए मानवीय क्षति कम गर्न सकिन्छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाले सर्पदंशको उपचारको नाममा प्रत्येक नागरिकसँग २५ रुपैयाँ कर लिने गरेको भए पनि सर्पदंश उपचार केन्द्र अहिलेसम्म पूर्ण रुपमा संचालन गर्न सकेको छैन । जसको कारण नागरिक सर्पदंशको उपचारका लागि प्रादेशिक अस्पताल पुग्नु पर्ने बाध्यता छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *