त्रिशुलीमा बाढी, झोलुंगेपुल क्षतिग्रस्त
२०८० साउन २९ गते १३:३१

२९ साउन २०८० धादिङ । आइतबार दिनभर अविरल वर्षापछि त्रिशुलीमा आएको बाढीले हिक्लुङको झोलुंगेपुल नाघेको छ ।
आइतबार राती त्रिशुलीमा आएको बाढीले झोलुंगेपुल क्षतिग्रस्त बनाएको स्थानीय संतोष पौड़ेलले जानकारी दिनुभयो ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका –१० स्थित पृथ्वी राजमार्ग जोड्ने गरी गोरखाको गण्डकी गाउँपालिका६ हिक्लुङमा २०७५ सालमा यो पुल बनेको थियो । त्यसअघि यहाँ तुइन थियो ।
प्रतिक्रिया