सुरक्षा गार्ड हत्या आरोपमा सिरहामा दुई जना पक्राउ

हिमालय टिभी
२०८० साउन २९ गते १३:२०
सुरक्षा गार्ड हत्या आरोपमा सिरहामा दुई जना पक्राउ

२९ साउन २०८० सिरहा । सिरहा प्रहरीले खानेपानी संस्थाको सुरक्षागार्डको हत्या गरेको आरोपमा पक्राउ परेका दुई जनालाई आज सार्वजानिक गरेको छ ।

हत्या भएको डेढ महिनापछि मिर्चैया नगरपालिका वडन जम्बर ७ का २२ वर्षीय रविन सदा र मिर्चैया–५ का २० वर्षीय दीपक सदा पक्राउ परेका हुन ।

खानेपानी संस्थामा सुरक्षामा खटिँदै आएका मिर्चैया–८ का ६० वर्षीय किशोरीराय कुर्मीको शव गत असार ११ गते बिहान धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा भेटिएको थियो ।

घटनाको अनुसन्धानका क्रममा अभियुक्तहरू कार्यालयभित्र रहेको ल्यापटप चोरी गर्न गएको र सुरक्षागार्ड मृतक रायले प्रतिकार गर्दा उनीमाथि चक्कु प्रहार गरी हत्या गरेको खुलेको सिराहा प्रहरीले जनाएको छ ।

आरोपीले हत्यामा आफूहरुको संलग्नता रहेको स्वीकारेका सिरहाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बुले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *