फोनमा कुराकानी गर्न अग्लो डाँडाको भर, सरकारी काम पनि प्रभावित (भिडियो रिपोर्टसहित)

२०८० साउन २८ गते १८:३१
फोनमा कुराकानी गर्न अग्लो डाँडाको भर, सरकारी काम पनि प्रभावित (भिडियो रिपोर्टसहित)

२८ साउन २०८० काठमाडौं । रोल्पाको लुंग्री गाउँपालिकाको केन्द्र किलाचौर आसपासमा प्रभावकारी टेलिफोन सेवा छैन ।

लुंग्रीसँगै परिवर्तन गाउँपालिका र गंगादेव गाउँपालिकामा पनि सञ्चार सेवा भरपर्दो नहुँदा त्यसको असर नागरिकसहित सरकारी कामकाजमा समेत परेको छ ।

यो समय सञ्चार र प्रविधिको हो । तर रोल्पाको लुंग्रीको गाउँपालिकाको सञ्चारको अवस्था यतिसम्म दयनीय छ कि एम्बुलेन्सलाई समेत समयमा फोन गर्न नपाएर बिरामीको ज्यान जोखिममा पर्ने गरेको छ । यहाँ फोनकै नेटवर्क राम्रो छैन भने इन्टरनेट त धेरै परको कुरा भएको छ ।

अत्यावस्यक कामका लागि टेलिफोन गर्नुपरे अग्लो डाँडामा पुग्नुपर्छ । गाउँपालिकाको केन्द्रमैसमेत राम्रो सञ्चार सुविधा छैन ।

टेलिफोन सेवा सञ्चालनका लागि लुंग्रीबासीले राजनीतिक नेतृत्व तथा विभिन्न तहमा पटकपटक राखेको माग व्यवास्था गरिएको छ । टेलिफोन सेवा नहुँदा गाउँपालिकाको काममा समेत बाधापुग्ने गरेको छ ।

लुंग्री गाउँपालिकाको नम्जामा नेपाल टेलिकमको टावर बनिरहेको छ । टावर ठड्याइए पनि आवस्यक उपकरण जडान गरिएको छैन ।

लुंग्री गाउँपालिकामा मात्र होइन, रोल्पाका अन्य पालिकामा पनि टेलिफोन समस्या छ । वर्षाको समयमा प्राकृतिक विपत्ति आइपर्दा दोहोरो संवादमा समस्या हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *