पोखराको पृथ्वीचोकबाट पृथ्वीनारायण शाहको शालिक हटाएपछि फेरि विवाद (भिडियो रिपोर्टसहित)

२०८० साउन २७ गते १६:२५
पोखराको पृथ्वीचोकबाट पृथ्वीनारायण शाहको शालिक हटाएपछि फेरि विवाद (भिडियो रिपोर्टसहित)

२७ साउन २०८० कास्की । पोखराको पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको शालिक हटाएपछि फेरि विवाद भएको छ ।

महानगरले सालिक स्थानान्तरण गर्ने निर्णय कार्यान्वयन नगर्दा झण्डै दुई दशकदेखि शालिक राख्ने र हटाउने विषयमा विवाददेखि झडपसम्म हुँदै आएको छ ।

२०६२–०६३ को जनआन्दोलनका क्रममा पोखराको पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको शालिक तोडफोड गरेर प्रथम शहिद लखन थापाको शालिक उभ्याइयो । चोक फराकिलो पार्ने भन्दै २०७४ असोज ९ गते महानगरले लखन थापाको शालिकमा पनि डोजर चलायो । तर, केही समयपछि एउटा समूहले चोकमा फेरि लखन थापाकै शालिक राखियो ।

शालिकको विवाद चर्किएपछि महानगरले दुवै पक्षलाई सन्तुष्ट बनाउन पोखरा जामुनबोटमा शहीद पार्क बनाउने र पोखरा उपत्यकाभरि भएका सबै सालिक एकै ठाउँमा व्यवस्थित गर्ने उपाय निकाल्यो । शहिद पार्क स्थापना भएर पर्यटकीय गन्तब्य बनिसक्यो पनि बनिसक्यो तर, शालिकको व्यवस्थापनमा महानगर चुक्दा यो विवाद कायम छ ।

जामुनबोटको करिब ५६ रोपनी जग्गामा शहीद पार्क बनेको ६ वर्ष भयो । वीपी कोइराला, अमंरसिंह थापा, कविशिरोमणि लेखनाथ पौड्याल, हर्क गुरुङ, हरिबहादुर गुरुङ लगायतका सालिक स्थानान्तरण गरिएका छन् । तर, पृथ्वी नारायण शाहको शालिकका विषयमा पृथ्वीचोक विवादमा आइरहन्छ ।

शालिक व्यवस्थापनमा महानगर चुकेको मात्र छैन । पृथ्वीनारायण शाहको प्रतिमा हटाएर लखन थापाको शालिक ठड्याउन महानगरले नै १९ लाख बजेट विनियोजन गरेको थियो । पूर्व मेयर मानबहादुर जिसी नै संरक्षक बन्नुभयो । विवादको प्रमुख कारण नै महानगरको दोहोरो भूमिका हो ।

हानगरकै कमजोरीका कारण यहाँ लखन थापा र पृथ्वीनारायण शाहको शालिक राख्ने लुकामारी र विवाद चलिरहेको छ ।

शुक्रबार महनगरले नै सर्वपक्षीय बैठक राखेर तत्कालका लागि विवाद साम्य पार्ने प्रयास गरेको छ । पृथ्वीनारायण शाहको प्रतिमा अहिलेलाई हटाउने र एक महिनाभित्र अर्को व्यवस्था गर्ने सहमति भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *