अमेरिकामा डढेलोमा परेर मृत्यु हुनेको संख्या ५३ पुग्यो
२०८० साउन २६ गते ७:५८
२६ साउन २०८० न्युयोर्क । अमेरिकाको हवाई टापुको मावीमा डढेलोमा परी मृत्यु हुनेको संख्या ५३ पुगेको छ ।
थप १७ जनाको मृत्यु भएपछि मृतक संख्या ५३ पुगेको मावीका अधिकारीहरूले जनाएका छन् । हवाईका गभर्नर जोस ग्रीनले राज्यले धेरै वर्षपछि यस प्रकारको जनधनको क्षति भोगेको बताए ।
त्यहाँ एक हजार सात सय वटा भवनहरु जलेर ध्वस्त भएका छन् । ऐतिहासिक शहर लाहाइना ८० प्रतिशत जलेको छ । राष्ट्रपति जो बाइडेनले हवाईमा प्रकोप घोषणा गरेका छन् ।
हजारौं मानिस अस्थायी आश्रयस्थलमा बसिरहेका छन् भने एघार हजार भन्दा बढी मानिस अझै विद्युतविहीन छन् ।
जंगलमा लागेको आगो प्रशान्त महासागरमा उत्पन्न डोरा नामक आँधीबाट तीव्र गतिमा बस्तीसम्म फैलिएको थियो ।
प्रतिक्रिया