सेतीदेवी मन्दिर : दुर्घटनाको जोखिम (भिडियो रिपोर्टसहित)

२०८० साउन २४ गते १६:४८
सेतीदेवी मन्दिर : दुर्घटनाको जोखिम (भिडियो रिपोर्टसहित)

२४ साउन २०८० सिन्धुली । संघीय राजधानी काठमाडौंबाट बीपी राजमार्ग भएर दैनिक हजारौं सवारी साधन गुड्छन् । छोटो दूरी भएकाले पनि पूर्व जाने साना तथा मझौला सवारी साधन यही राजमार्ग भएर ओहरदोहर गर्छन् ।

यही राजमार्ग छेवैमा छ, सेतीदेवी मन्दिर । सडकको किनारमै ऐनै ऐनाले धपक्कै बलेको सेतीदेवी दर्शन गर्न छुटाउने कमै हुन्छ । तर, व्यस्त सडकको छेउमा सवारी पार्किङ गरेर मन्दिरमा दर्शन गर्ने, सडकमा बसेर फोटो खिच्ने खिचाउने कार्यले दुर्घटनाको जोखिम भने बढाएको छ ।

जापान सरकारको सहयोगमा निर्माण गरिएको बीपी राजमार्गको मुलकोट नजिकैको सेतीदेवीको मन्दिर छ । राजमार्ग छेउको भित्ताभरी टाँसिएका लाखौं ऐनाले जोकोहीलाई आकर्षण गर्छ ।

साँघुरो राजमार्गको तल्लोपट्टी मन्दिर छ भने माथिल्लो भित्तामा ऐना चढाइन्छ । यहाँ ऐना चढाएमा मनोकांक्षा पूरा हुने विश्वास छ । साँघुरो र घुमाउरो सडक, यहाँ लाग्ने बाक्लो भिड र जथाभावी सवारी साधन पार्किङ गर्नाले दुर्घटनाको जोखिम बढाएको छ ।

२०६८ वैशाख २० गते एउटा यात्रुबस रिठेभीरबाट सुनकोसीमा खस्दा १३ जनाको ज्यान गयो । त्यसको पाँच महिनापछि सिन्धुलीबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस सुनकोशीमा खस्दा ४१ जनाको मृत्यु भयो ।

लगातारको दुर्घटनाका कारण चिन्तित मुलकोटका स्थानीयले सप्ताह लगाए । यसै ठाउँमा अहिले दुर्घटना नहोस् भनेर ऐना चढाउन थालिएको हो ।

स्थानीय र मन्दिर समितिले सेती देवीको मुख्यमन्दिर छेउमै सानो पार्किङ्को समेत व्यवस्था गरेको छ । तर त्यहाँ कसैले पनि पार्किङ गर्दैनन् । दुर्घटना नहोस् भनेर कामना गर्नेकै कारण दुर्घटनाको जोखिम बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *