धनकुटा नगरपालिका : नगरकार्यपालिका सदस्यलाई तीन लाख ५० हजार रुपैयाँ (भिडियो रिपोर्टसहित)

२०८० साउन २२ गते १६:५०
धनकुटा नगरपालिका : नगरकार्यपालिका सदस्यलाई तीन लाख ५० हजार रुपैयाँ (भिडियो रिपोर्टसहित)

२२ साउन २०८० धनकुटा । संसद विकास कोषकै झल्को दिने गरि धनकुटा नगरपालिकाले आफ्ना कार्यपालिका सदस्यको लागि रकम विनियोजन गरेको छ ।

नगरपालिकाले प्रत्येक नगरकार्यपालिका सदस्यलाई तीन लाख ५० हजार रुपैयाँ आफ्नो मातहतबाट खर्च गर्नेगरी विनियोजन गरेको हो । अघिल्लो वर्षदेखि सुरु गरिएको कार्यक्रममा यो वर्ष ५० हजार थप गरिएको छ ।

सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट मार्फत ब्युँताउनै नहुने सांसद विकास कोष ब्युँतायो । सरकारले यसरी कोषमा बाँडिएको रकम निर्वाचन क्षेत्रमा खर्च गर्ने र त्यसका लागि योजना बनाउन भनेको छ । त्यसैको सिको धनकुटा नगरपालिकाले गरेको छ । तर नगरपालिकाले यसलाई सिधै राजनीतिक स्वार्थसँग जोडेको छ । राजनीतिमा भविष्य खोजिरहेका कार्यपालिका सदस्यलाई स्थापित गर्न सहयोग गर्ने विश्वास उसको छ ।

विश्व बैँकको कानून र शासन सम्बन्धी विश्व विकास प्रतिवेदनले राजनीतिक स्वार्थका आधारमा योजनाहरू तर्जुमा हुँदा मतदाताको मत खरीदबिक्रीको सम्भावना बढाएको उल्लेख गर्दै यो गलत भएको व्याख्या गरेको छ ।

धनकुटाको कार्यपालिका सदस्यलाई ३ लाख ५० हजार रकम वितरण गर्ने निर्णय गर्नुको उद्देश्य नै सुरुमै खेदजनक छ । नगरकार्यपालिकाको नयाँ अनुभब लिन यो नीति अघि सारेर के साढे ३ लाख जुवा खेल्न मिल्छ र रु नगरपालिकाको यो निर्णयप्रति नागरिकले भने शंका व्यक्त गरेका छन् ।

उक्त रकम आवश्यकताका आधारमा कुनै पनि वडामा खर्च गर्ने भनेको छ । यसरी खर्च गरिने रकमलाई लिएर संघ होस् वा प्रदेश, महालेखा परीक्षकको प्रतिवेदनले अनियमितता हुने गरेको निष्कर्ष निकालिसकेका छन् ।

स्थानीय तहका विनियोजित शीर्षककै बजेटमा त अनियमितता हुने गरेको प्रतिवेदनले औल्याइरहँदा ठाडै राजनीतिक स्वार्थ पूर्तिसँग जोड्नु गलत छ । तर, नगद प्राप्त गर्ने कुल ८ जना नगर कार्यपालिका सदस्यले भने निर्णयको बचाउ गरिरहेका छन् ।

जनप्रतिनिधिको काम आफ्नो स्थानीय तहको समस्या समाधान गर्नु हो । तर, राजनीतिक स्वार्थका पैसा माग गर्ने र त्यसलाई भविष्यका लागि भ¥याङ बनाउने माध्यम होइन । उनीहरूलाई जनताले राज्यकोष वितरणका लागि मत दिएका किमार्थ होइनन् । एक पटक जनप्रतिनिधि भएको व्यक्तिले यसरी प्राप्त गर्ने रकमको मद्दतले आफ्नो वडाको स्वार्थ पूर्ति गर्ने र त्यही बहानामा पटक पटक चुनाव जितेको देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *