पुष्पलाल स्मृति दिवस : नेकपा- अनेकौं टुक्रा, वाम आन्दोलन किन विभाजित ? (भिडियो रिपोर्टसहित)

७ साउन २०८० काठमाडौं । आज पुष्पलाल स्मृत दिवस। पुष्पलाल, नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव। पुष्पलालको अगुवाईमा ७३ वर्षअघि स्थापित नेकपा दर्जनौंपटक विभाजित भएर अनेकौ टुक्रामा चोइटिएको छ।
एकताभन्दा विभाजनको क्रम अधिक रहेका कारण नेपालमा कम्युनिष्ट पार्टीको संख्या अधिक छ। विश्वमै कम्युनिस्ट पार्टी धेरै भएको देश हुन सक्छ नेपाल। लक्ष्ममा तात्विक फरक नभए पनि कार्यशैली र कार्यदिशाको भिन्नता र सानै समूहको पनि वरिष्ठ नेता हुने प्रवृत्तिले नेपाली वामआन्दोलन विभाजित छ। सगोलमा विश्वलेषण गर्ने हो भने वामपन्थीका लागि उर्वर क्षेत्र नै हो, नेपाल।
भारतको विभिन्न सहरमा अध्ययन गर्न पुगेका नेपाली विद्यार्थी पुष्पलाल श्रेष्ठ, नारायणविलास जोशी, निरञ्जन वैद्य, नरबहादुर कर्माचार्य र मोतीदेवी श्रेष्ठले कलकत्ताको श्यामबजारस्थित एक बंगालीको घरमा २००६ वैशाख १० मा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेको इतिहास छ। ‘माक्र्सिस्ट स्टडी सेन्टर’ मा आबद्ध केशरजंग रायमाझी, हिक्मतसिंह भण्डारी, मनमोहन अधिकारीलगायतलाई पुष्पलालले पार्टी स्थापनामा समावेश नगरेसँगै सुरु भएको मतभेद बढ्दै जाँदा कम्युनिस्ट पार्टी टुटफुटको अन्त्यहीन श्रृंखलाबाट गुज्रिदै आएको छ।
२००६ वैशाख १० मा पुष्पलालको नेतृत्वमा स्थापित नेकपाकै निरन्तरता ठान्ने दलहरु ४० हाराहारी छन्। जसमध्ये अधिकांशले नेकपाको फुर्को जोडिरहेका छन् भने केहीले समाजवादी या जनवादी। ३० वटा जति दलले विद्यमान संसदीय व्यवस्था स्वीकार्दा एकाध चुनावी प्रक्रियाबाट बाहिर छन्।
निर्वाचन आयोगका दर्ता भएका दलः
नेकपासहितको नाममाः
१ नेपाल मजदुर किसान पार्टी
२. नेकपा (माले)
३. नेकपा (मार्क्सवादी)
४. नेपाल क्यम्युनिस्ट पार्टी
५. नेकपा (एमाले)
६. नेकपा (माओवादी केन्द्र)
७. राष्ट्रिय जनमोर्चा
८. नेकपा (राष्ट्रवादी)
९. नेकपा मार्क्सवादी (पुष्पलाल)
१०. नेकपा (लोकतान्त्रिक)
११. नेकपा (परिवर्तन)
१२. नेकपा (एकीकृत समाजवादी)
१३. नेकपा (समाजवादी)
१४. नेकपा (गौरवशाली)
१५. नेकपा माओवादी (समाजवादी)
१६. नेकपा एकता राष्ट्रिय अभियान
समाजवादी–जनवादी नाममा
१. आधुनिक नेपाल समाजवादी पार्टी
२. नेपाल नौलो जनवादी पार्टी
३. समाजवादी पार्टी नेपाल
४. जनसमाजवादी पार्टी
५. नेपाल समाजवादी पार्टी (लोहियावादी)
६. नेपाल संघीय समाजवादी पार्टी
७. राष्ट्रिय समाजवादी पार्टी
८. जनता समाजवादी पार्टी
९. समाजवादी केन्द्र नेपाल
१०. नेपाल समाजवादी पार्टी
११. समावेशी समाजवादी पार्टी
सय सबै कम्युनिस्ट वा समाजवादी दल संसदीय व्यवस्था स्वीकार्ने हुन्। यिबाहेक नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेतृत्वको नेकपा ९मसाल०, मोहन बैद्य महासचिव रहेको क्रान्तिकारी माओवादीलगायतका दल यो संसदीय व्यवस्थाको खिलाफमा छन्।
नाम र संख्या जे–जति भएपनि नेपालमा सिद्धान्त र व्यवहारत पनि कम्युनिस्ट पार्टी नै छैनन् भन्ने जिकीर गर्नेको संख्या पनि कम छैनन्। कम्युनिष्ट सिद्धान्त र आचरण त्याग्नेहरुले चाहिँ पछिल्लो समय आफूलाई समाजवादी भन्न थालेका छन्।
जिकीर जे भए पनि नेपालमा वामपन्थी जनमतको हिस्सा भने उल्लेख्य छ। २०७४ सालको आम निर्वाचनमा दुई ठूला कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रले चुनावी मोर्चाबन्दी गर्दै संसदमा झण्डै दुई तिहाई बहुमत पु¥याएका थिए। पछि पार्टी एकता नै गरेर नेकपाको नेतृत्वमा उनीहरुले तीन वर्ष सरकार चलाएका थिए। तर, एकता जोगाउन सकेनन्। पछिल्लो निर्वाचनमा वामपन्थी मत केही घटेपनि लोकतान्त्रिक शक्ति हाराहारी नै थियो। त्यसैले छरिएको कम्युनिस्ट नामधारी पार्टीहरु एकतावद्ध हुनुपर्नेमा नेताहरुले जोड दिँदै आएका छन्।
२०७९ को समानुपातिक निर्वाचनमा वामपन्थी मतः
नेकपा (एमाले)– २८ लाख ४५ हजार ६ सय ४१
नेकपा (माओवादी केन्द्र)– ११ लाख ७५ हजार ६ सय ८४
जनता समाजवादी पार्टीः ४ लाख २१ हजार ३ सय १३
नेकपा एकीकृत समाजवादी पार्टी – २ लाख ९८ हजार ३ सय ९१
नेमकिपाः ७५ हजार १ सय ६८
राजमोः ४६ हजार ५ सय ४
नेकपा (माले)– ३० हजार ५०४
२०७९ को आम निर्वाचनमा समानुपातिकतर्फ १ करोड ५ लाख ६० हजार ६७ मत सदर हुँदा वामपन्थीतर्फ झण्डै ४९ लाख मत खसेको थियो। मत बलियो हुँदाहुँदै पनि फरक स्वार्थ तथा एकले अर्काको अस्तित्व अस्वीकार गर्ने र अरुभन्दा आफू क्रान्तिकारी देखिने प्रवृत्तिले नेपालका कम्युनिस्ट विभाजित छन्।
प्रतिक्रिया