चर्को शुल्क अभिभावक निराश (भिडियो रिपोर्टसहित)

२०८० साउन ५ गते २०:४३
चर्को शुल्क अभिभावक निराश (भिडियो रिपोर्टसहित)

५ साउन २०८० बुटवल । बुटवल उपमहानगरपालिकामा निजी तथा संस्थागत विद्यालयले चर्को शुल्क असुलेको भन्दै अभिभावक आन्दोलित छन् ।

उपमहानगरपालिकाले तोकेको भन्दा ६० प्रतिशतसम्म बढी शुल्क लिएको भन्दै अभिभावकले विरोध गरेका हुन् । चार वर्षअघि तोकेको अधिकतम शुल्कको सीमा मिचिएको भनेर उनीहरुले बुटवल उपमहानगरपालिकामा पुगेर ध्यानाकर्षण समेत गराएका छन् ।

२०७६ सालमा बुटवल उपमहानगरपालिकाको शिक्षा समितिले श्रेणी अनुसारको शुल्क निर्धारण गरेको थियो । क बर्गमा रहेका निजी तथा संस्थागत विद्यालयमा पूर्वप्रावि तहमा १ हजार ८ सय ४५, कक्षा १ देखि ५ सम्म २ हजार ५०, कक्षा ६ देखि ८ सम्म २ हजार ४ सय ४३ र मावितहसम्म ३ हजार एक सय ८० मासिक शूल्क निर्धारण गरेको थियो ।

यस्तै ख श्रेणीका विद्यालयमा एक हजार पाँच सयदेखि २ हजार ६ सयसम्म र ग श्रेणीमा १ हजार ३ सयदेखि २३ सयसम्म मासिक शूल्क लिने पाउने गरी निर्धारण गरिएको थियो । सबै श्रेणीका विद्यालयले भर्ना गर्दा समानुपातिक रुपमा बढीमा ३ हजार ५ सय शुल्क लिन पाइने ब्यवस्था छ ।

यस्तै कम्प्युटर शुल्क मासिक ३७५, कक्षा शिक्षणमा डिभाईस वा सफ्ट्‍वेयर प्रयोग गरेकोमा दुई विषयसम्मका लागि बढिमा एक सय रुपैंया शुल्क लिन पाउने ब्यवस्था छ । तर अहिले विद्यालयले मनपरी शुल्क लिन थालेको अभिभावको आरोप छ ।

तर विद्यालय सञ्चालकको गुनासो अर्कै छ । २०७६ सालदेखि शुल्क बृद्धि नहुँदा आफूहरु मारमा परेको उनीहरुको तर्क छ ।

अभिभावकको ध्यानाकर्षणपछि उपमहानगरपालिकाले विद्यालयलाई शुल्क बृद्धि नगर्न निर्देशन दिएको छ ।

उपमहानगरपालिकाले निर्देशन कार्यान्वयन नहुने पक्कापक्की छ किनकी निजी तथा संस्थागत विद्यालय २०७६ सालमा तोकिएको शुल्क अहिले व्यवहारिक नहुने अडानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *