ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
२०८० साउन ५ गते १६:५७
५ साउन २०८० धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका– ३ मलेखुमा मालवाहक ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
काठमाडौबाट मुग्लिङतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ख ८०२९ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०३७ प ७७३१ नम्बरको मोटरसाइकल ओभरटेक गर्ने क्रममा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक पर्साका २५ वर्षीय कृष्ण श्रीवास्तवको मृत्यु भएको हो ।
उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक (डीएसपी) सन्तु प्रसाद जैसवारले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार मोटरसाइकलको पछाडि सवार महिला समान्य घाइते भएकी छन् ।
प्रतिक्रिया