५ पटक म्याद थप्दा समेत बनेन मलेरिया नदीमा पुल (भिडियो रिपोर्टसहित)

२०८० साउन २ गते १७:५७
५ पटक म्याद थप्दा समेत बनेन मलेरिया नदीमा पुल (भिडियो रिपोर्टसहित)

२ साउन २०८० कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर १ गौरी शंकर सामुदायिक वन नजिक मलेरिया नदीमा निर्माण हुन लागेको पुलमा ५ पटक म्याद थप्दा समेत पुल निर्माण भएको छैन । शंकरमाली अकेला जेभीको ढिलासुस्ती र लापरबाहीका कारण ५ पटक म्याद थप्दा समेत पुल निर्माण हुन सकेको छैन ।

यी पिल्लर ठडिएको पाँच वर्ष भयो । तर अहिलेसम्म निर्माण कम्पनी र सडक डिभिजन कार्यालयले पुल बनाउनेतर्फ ध्यान दिएका छैनन् । पाँच पटक म्याद थपिएपनि पुल बन्ने सुरसार समेत छैन ।

कहिले कहिले थपियो म्याद ?
– २०७४ साल बैशाख १४ गते सम्झौता
– २०७६ साल जेठ २ गते पुनः म्याद थप
– २०७७ पुस २७ गते पुनः म्याद थप
– २०७८ असार २७ गते पुनः म्याद थप
– २०७८ चैत्र ३० गते पुनः म्याद थप
– २०७९ चैत ३० गते पुनः म्याद थप

पटकपटक म्याद थपिएको यो पुलको भौतिक प्रगति अहिलेसम्म ५३ प्रतिशत मात्रै भएको छ । पुल नहुँदा स्थानीय जोखिम मोलिरहेका छन् ।

पटकपटक म्याद थप्दा पनि निर्माण कम्पनीले निर्माणमा चासो नदेखाएपछि अहिले सडक डिभिजन कार्यालय महेन्द्रनगरले कम्पनीलाई कालो सूचीमा राख्ने तयारी गरेको छ ।

सडक डिभिजन कार्यालय कञ्चनपुरको ५ कारोड ५९ लाख लागत भएको पुल निर्माणको ठेक्का ४ कारोड ६१ लाख ३४ हजारमा शंकरमाली अकेला जे।भिले पाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *