नेपालगन्ज उपमहानगरपालिकामा निःशुल्क एम्बुलेन्स सेवा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० साउन २ गते १७:५२
नेपालगन्ज उपमहानगरपालिकामा निःशुल्क एम्बुलेन्स सेवा (भिडियो रिपोर्टसहित)

२ साउन २०८० बाँके । नेपालगन्ज उपमहानगरपालिकाले नगरवासीलाई निःशुल्क एम्बुलेन्स सेवा दिन सुरु गरेको छ ।

समयमै अस्पताल जान नपाएर अकालमा ज्यान गुमाउन पर्ने अवस्थाको अन्त्य गर्ने उद्देश्यले नेपालगञ्ज उपमहानगरपालिका बासिन्दाहरुका लागि निःशुल्क एम्बुलेन्स थालिएको हव ।

नेपालगञ्जको १० वटा वडा सहरी क्षेत्रबाट टाढा छन् । ग्रामिण क्षेत्रमा बसोबास गर्ने गर्भवती, अपाङ्ग, अशक्त, जेष्ठ नागरिक लगायत यो सेवाबाट लाभान्वित हुनेछन् ।

यो सेवाका लागि उपमहानगरपालिकाले तीनदेखि पाँच वटा एम्बुलेन्स २४ घण्टा उपलब्ध गराउने छ । जसका लागि उपमहानगरले एम्बुलेन्स सेवा प्रदायकलाई मासिक एक लाख रुपैयाँ उपलब्ध गराउनेछ ।

उपमहानगरपालिकाले सुरु गरेको निशुल्क एम्बुलेन्स सेवामा अक्सिजन लगायत अत्यावस्यक स्वास्थ्य सामग्री समेत उपलब्ध छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *