सडकमै धान रोपाइँ (भिडियो रिपोर्टसहित)

२०८० असार ३१ गते १७:०५
सडकमै धान रोपाइँ (भिडियो रिपोर्टसहित)

३१ असार २०८० मुगु । नाग्म गमगढी सडक अन्तर्गत पर्ने मुगुको सदरमुकाम गमगढी न्युरोड सडक हिलाम्मे हुँदा नागरिकलाई आवतजावतमा समस्या भएको छ ।

सडकको स्तरोउन्नतिको जिम्मा पाएको विकास। श्रेय जे।भिले समयमै काम गर्न नसक्दा यो सडक बर्षातमा हिलो हिउँदमा धुलाम्य हुन्छ । पटक पटक सडक निर्माणको काम सक्न ताकेता गरिरहे पनि सम्बन्धित निकायले चासो नदेखाउँदा स्थानीयले विरोध स्वरुप सडकमै धान रोपेका छन् ।

वर्षातको मौसममा धान रोप्नु नौलो होइन । तर, रोपाईं भइरहेको यो क्षेत्र खेत होइन । यो त मुगु सदरमुकाम गमगढी बजारको मुख्य सडक न्यूरोडको हो । नामले न्यूरोड भए पनि यो सडक वर्षातमा हिलाम्मे र हिउँदमा धुलाम्य हुने गरेको छ ।

स्थानीयले सडक निर्माण गर्ने ठेकेदार र निर्माणको जिम्मा दिएको सडक डिभिजन कार्यालयमा पटक पटक ताकेता गरे पनि स्थानीयले वर्षैभरी हिलो र धुलोको सामना गर्नुपरेको छ ।

सडक निर्माणको काम समयमै नहुने र म्याद थपिदै जाने हुँदा सबैलाई सास्ती भएको छ ।

सडक डिभिजन कार्यालय जुम्लामार्फत ९ करोड ६० लाख २४ हजार ९ सय ५४ रकम विनियोजित गरेर डेढ वर्षभित्र गमगढी बजार न्युरोड सडकको नालासहित स्तरोन्नति गर्न २०७८ साल मंसिरमा बिकास।श्रेय जे।भिलाई आयोजनाको जिम्मा दिएको थियो । तर, पहिलो वर्ष काम नै सुरु हुन सकेन । अहिले म्याद थपेर काम भइरहेको छ ।

हरेक बर्ष सडक डिभिजन कार्यालय जुम्लाले सडक निमार्णमा करोडौं बजेट विनियोजत गर्ने गरेको छ । करोडौं लगानी हुँदा पनि सडकको अवस्था भने उस्तै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *