Main News

एमसीसी कार्यान्वयनमा अमेरिकाको निरन्तर दबाब, के भन्छन् सत्तारुढ दल ? (भिडियो रिपोर्टसहित)

२०८० असार ३० गते २१:१५
एमसीसी कार्यान्वयनमा अमेरिकाको निरन्तर दबाब, के भन्छन् सत्तारुढ दल ? (भिडियो रिपोर्टसहित)

३० असार २०८० काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु एक दिने नेपाल भ्रमण सकेर फर्कनुभएको छ । सो क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदलाई भेटेर उहाँले एमसीसी कार्यान्वयनमा जोड दिनुभयो ।

नेपालको संसदले पारित गरेको एमसीसी प्रस्तावमा अहिले खासै विमति नदेखिएकाले बेला लुले एमसीसीलाई केन्द्रमा राखेर भेटघाट गर्नुलाइलाई भने चासोका साथ हेरिएको छ ।

अमेरिकी सहायता नियोग मिलेनियम चयालेञ्ज कर्पोरेसन एमसीसी संसदबाट पारित गराउन अमेरिकाले तारन्तार दबाब दिइरह्यो । नेपालले नै माग गरेको परियोजना भए पनि तत्काल कार्यान्वयनका लागि भन्दै अमेरिकाको निरन्तर चासो र दबाब भइरह्यो ।

०७९ फागुन १५ गते व्याख्यात्मक घोषणासहित संसदबाट एमसीसी पारित हुनुअघि अमेरिकाबाट पटकपटक उच्चस्तरीय भ्रमण भयो । त्यसैमध्येका एक थिए सहायक विदेशमन्त्री डोनल्ड लु ।
२०७८ मंसिरमा नेपालमै आएर लु ले एमसीसी संसदबाट चाँडो अनुमोदन गर्न दबाब दिनुभयो ।

२०७८ माघ २७ मा लुले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डसँग टेलिफोन संवाद गरेर पुनः एमसीसी पारितका लागि दबाब दिनुभयो ।
त्योबीचमा अमेरिकाबाट एमसीसी उपाध्यक्ष फतिमा सोमार नेपाल आउनु भएको थियो । अब एमसीसीका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइट नेपाल आउँदै हुनुहुन्छ ।

एमसीसी पास हुनुअघि अमेरिकाबाट मौखिक तथा पत्रबाटसमेत दबाब आएकोमा यतिबेला कार्यान्वयनको चरणमा पनि त्यही देखिन्छ । यसलाई एमालेले अमेरिकाको अनावश्यक दबाबका रुपमा टिप्पणी गरेको छ ।

तर एमसीसी पारित र कार्यान्वयनमा सक्रिय सत्तारुढ दलहरु यसलाई स्वभाविक भएको तर्क गर्छन् ।

नेपालमा एमसीसी अनुमोदन भएर आगामी भदौ दोस्रो साताबाट कार्यान्वयनमा जाँदैछ । एमसीसीका विपक्षमा अझै पनि नेपालमा केही मत रहेको अवस्थामा त्यसमा सरकारलाई सचेत गराउन अमेरिकाले पटपटक अलार्म बजाइरहेको घटनाक्रमले देखाउँछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *