लम्पी स्किन रोगका पशुचौपायाले समयमै उपचार नपाउँदा किसान चिन्तित (भिडियो रिपोर्टसहित)

२०८० असार २९ गते १८:११
लम्पी स्किन रोगका पशुचौपायाले समयमै उपचार नपाउँदा किसान चिन्तित (भिडियो रिपोर्टसहित)

२९ असार २०८० मुगु । मुगु लगायतका कर्णाली प्रदेशका जिल्लामा लम्पी स्किन रोगको संक्रमण बढ्दो अवस्थामा छ । लम्पी स्किन रोगका कारण थलिएका पशुचौपायाले समयमै उपचार नपाउदाँँ किसान चिन्तित छन् ।

मुगुको छायाँनाथ रारा नगरपालिका १० का बाघसिहं विकको दुहुन गाई एक्कासी म¥यो । दुई हप्तादेखि घरका अन्य गाईगोरु पनि यही रोगका कारण थलिएका छन् । एक्कासी आफूले पालेका चौपायामा समस्या कसरी आयो भन्ने उहाँलाई थाहा छैन । अन्य गाई गोरुहरु पनि बिरामीले थलिएका छन ।

बाघसिंहमात्र होइन, गाउँका अरु गाईगोरुमा पनि यस्तै प्रकारको रोग देखिएको छ । रोग के हो भन्ने नै थाहा नपाएका उनीहरुलाई उपचारको बारेमा केही थाहा छैन । कुनै पनि सरकारी निकाय अवस्था बुझ्न यहाँ आएका छैनन् ।

मुगुका चारवटै स्थानीय तहका पशुचौपाया लम्पी स्किन रोगको संक्रमण बढिरहेको छ । तर, औषधोपचार हुन सकेको छैन ।

गत वर्ष असारदेखि नै मगुका केही स्थानमा फाट्टफुट्ट यो रोगको संक्रमण देखिएको थियो । अहिले महामारी बनिसकेको छ । अहिलेसम्म मुगुमा चार सय ३९ पशुमा यो रोग देखिएको छ भने एक सय २३ पशु मरिसकेका छन् ।

पशु चौपाया रोगले थलिएपछि किसान चिन्तित बनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *