Main News

फोहरबाट बिजुली निकाल्ने मेसिन : सरकारले चिन्दैन आफ्नै देशको आविस्कार (भिडियो रिपोर्टसहित)

२०८० असार २५ गते २०:५४
फोहरबाट बिजुली निकाल्ने मेसिन : सरकारले चिन्दैन आफ्नै देशको आविस्कार (भिडियो रिपोर्टसहित)

२५ असार २०८० मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा फोहरबाट बिजुली निकाल्ने मेसिन बनाइन्छ ।

यामोतो इन्टरनेशनल प्रालिले मुख्य–मुख्य मेशिन नेपालमा तयार पारेर जापान पठाउने र जापानमा एसेम्बल गरेर अन्य मुलुकमा निर्यात गर्ने गरेको छ । यसको मूल्य ५ लाख डलरसम्म हुन आउँछ । तर, नीति नियमको अभावमा यो मेसिन नेपालबाटै विदेशमा निर्यात गर्न पाइदैन, सरकारले पनि चासो दिएको छैन । नेपाललाई भने माल पाएर पनि चाल नपाए जस्तो भएको छ ।

यो गत असार १७ को दृष्य हो । जहाँ बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेल र जापानी कम्पनी यामातो इन्टरनेशनल हेटौँडामा बनेको नविकरणीय उर्जा उत्पादन गर्ने मेसिन निर्यात शुभारम्भ कार्यक्रममा सहभागी हुनुहुन्थ्यो । यही कार्यक्रमबाट जापानले नेपालमा बनेको फोहरबाट बिजुली निकाल्ने मेसिन किनेको हो ।

सुन्दा अचम्म लाग्ला तर नेपालमा फोहर व्यवस्थापन गर्न चुनौती भइरहँदा हेटौंडामा भने फोहोरबाट विद्युत उत्पादन गर्ने मेसिन निर्माण हुने गरेको छ । र, त्यो मेसिन बनाउने व्यक्ति हुनुहुन्छ, कृष्ण खतिवडा । उहाँ विगत चार वर्षदेखि जापानी प्रविधिको प्रयोग गरेर फोहोरबाट विद्युत उत्पादन गर्ने मेसिन निर्माण गरेर विदेश निर्यात गर्दै आउनुभएको छ ।

यो मेसिनले फोहोरमा भएका टिन, फलाम, सिसालगायतका बस्तु छानेर अलग गर्ने, कुहिने तथा नकुहिने फोहोर प्रशोधन गरेर ऊर्जा उत्पादन, क्लिङ्कर, पत्थर कोइला र मललगायतका सामग्री उत्पादन गर्न गर्दछ ।

२ टन प्रति घण्टाको क्षमता भएको मेशिनले ५ सय किलोवाट विद्युत उत्पादन समेत गर्छ, मेसिनले फोहोर परिमार्जन प्रक्रियामा निस्कने ग्यासलाई तापक्रम दिएर निस्क्रिय बनाइदिन्छ । शुद्ध हावामात्र वायुमण्डलमा छोड्छ । यामोतो इन्टरनेशनल प्रा।लिलेमुख्य–मुख्य मेशिन नेपालमा तयार पारेर जापान पठाउने र जापानमा एसेम्बल गरेर अन्य मुलुकमा निर्यात हुने गरेको छ ।

यो मेसिन विदेशमा ५ लाख डलरमा बिक्री हुदै आएको र नेपालका लागि प्रयोग गरिने हो भने त्यसको आधा शुल्क पनि पर्दैन । नेपालभित्र बेच्ने अनुमति भए पनि सरकारले प्रमाणपत्र नदिएका कारण विदेश पठाउन समस्या छ । यद्यपि नेपालमा प्रयोग गर्नपर्ने अवस्था भए पनि हालसम्म कुनै पनि निकायले प्रयोग गरेका छैनन् । तर, विदेशी भने चार वर्षदेखि निरन्तर खरिद गरिरहेका छन् ।

नेपालले विदेशमा मेसिन निर्यात गरिरहँदा पनि नेपालभित्रै भने चासो नदिनुलाई मुख्यमन्त्री जम्कट्टेल नै अचम्मित हुनुभएको छ । विदेशी नेपालमा आएर मेसिन खरिद गरेर जाने तर देशभित्रै यसको आवश्यकता हुँदा पनि राज्य मौन भएको भन्दै प्रदेश सरकारले यसबारे कुरा उठाउने उहाँको प्रतिबद्धता छ ।

निर्माणकर्ता खतिवडाले मुख्यमन्त्रीसहित काठमाडौंका मेयर बालेन र पोखराका धनराज आचार्यले मेसिनको अवलोकन गरे पनि मेसिन खरिद गर्ने अथवा प्रोत्साहन गर्ने विषयमा कुनै पहल नगरेको उनीहरूको गुनासो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *