बासी भात दिएको भन्दै सौतेनी आमा मारेको अभियोगमा युवक पक्राउ
२०८० असार २४ गते १८:१९

२४ असार २०८० धनुषा । सौतेनी आमा मारेको आरोपमा धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरी सार्वजानिक गरेको छ ।
सौतेनी आमाले बासी भात खान दिएको रिसको झोँकमा विवाद भएपछि काठको चिरपट प्रहारबाट आमाको मृत्यु भएको र त्यसपछि शवलाई जलाएको आरोपमा २० वर्षीय प्रेम भगतलाई प्रहरीले पक्राउ गरेको हो ।
हत्या गरेर उनले शवमा आगो लगाएर जलाइदिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । आरोपीले घटना स्वीकारेको प्रहरीले जनाएको छ ।
अभियुक्त प्रेमसहित शवसँगै जलेर बाँकी रहेको मृतकको कपडा सहितका वस्तु पनि प्रहरीले सार्वजानिक गरेको छ ।
प्रतिक्रिया