लामो खडेरीले धानको उत्पादनमा कमी हुने

२०८० असार १६ गते १३:१९
लामो खडेरीले धानको उत्पादनमा कमी हुने

१६ असार २०८० कलैया । लामो समयदेखि वर्षा नभई खडेरी परेको हुँदा भदैया धानको उत्पादन हुने क्षेत्रफलमा किसानले रोपाइँ गर्न नसक्दा उत्पादनमा कमी आउने भएको छ ।

आर्थिक वर्ष २०८०/८१ का लागि कृषकले विभिन्न जातका भदैया धान ११ हजार नौ सय पाँच हेक्टर क्षेत्रफलमा खेती गर्ने लक्ष्य लिएकामा खरेडी पर्दा र समयमा धानको बीउ तयार हुन नसकेकाले हालसम्म कृषहले १० प्रतिशतमात्र रोपाइँ गर्न सकेको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत राजनारायण प्रसादले जानकारी दिनुभयो । भदैया धानको क्षेत्रफलमा कमी भए पनि अगहनी धानको क्षेत्रफलमा भने वृद्धि हुने उहाँले बताउनुभयो ।

गत वर्ष कृषकले विभिन्न जातका भदैया धान ११ हजार नौ सय पाँच हेक्टर क्षेत्रफलमा प्रति हेक्टर चार दशमलव तीन प्रतिशतले धान उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिनुभयो ।

कलैया उपमहानगरपालिका–१४ भैराका किसान गोपालदास बैरागी र कलैया उपमहानगरपालिका–२ का किसान प्रभु यादवका अनुसार खरेडीका कारणले अहिलेसम्म रोपाइँ हुनुपर्ने बेलामा बीउ नै रोपाइँयोग्य नभएको हुँदा आफूहरुलाई समस्या भएको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *