लालपूर्जा पाएपछि खुसीको बहार भिडियो रिपोर्टसहित)

२०८० असार १५ गते १८:०६
लालपूर्जा पाएपछि खुसीको बहार भिडियो रिपोर्टसहित)

१५ असार २०८० नवलपरासी पश्चिम । पश्चिम नवलपरासी बर्दघाटका भूमिहीन दलित तथा सुकुम्बासीले लालपुर्जा पाएका छन् ।

लालपुर्जाको अभावमा सास्ती खेप्दै आएका भूमिहीन तथा विपन्न नागरिक लालपुर्जा पाउँदा खुसी छन् ।

लालपुर्जा नहुँदा यहाँका विपन्न नागरिकले बिजुली, खानेपानी तथा सरकारी निकायबाट पाइने अनेक सुविधाहरु लिन पाएका थिएनन् । त्यतिमात्र नभएर बैंकबाट ऋण लिन नपाउँदा केही गरौं भन्ने हिम्मत पनि आएको थिएन । लालपूर्जा बनेपछि मोहम्मद सलिम देवानमा आफ्नो जीविकोपार्जनका लागि कुनै व्यावसाय गर्ने आँट आएको छ ।

पश्चिम नवलपरासीमा पटक पटक बनेका भूमि सम्वन्धि आयोगले विगतमा जग्गा नापजाँच लगायतका कार्यहरु गरे पनि भूमिहीनले लालपूर्जा पाएका थिएनन् । जिल्लामा पहिलोपटक लालपूर्जा वितरण वर्दघाट नगरपालिकाबाट सुरु भएको हो ।

२०५५ सालमा सत्यनारायण खनालको अध्यक्षतामा बनेको आयोग र २०६६ सालमा मनशोभा पाण्डे आयोगमा नापचाज गरेर सुकुम्बावी पुर्जा प्रदान गरेका भुमिहिन दलित तथा भूमिहीन सुकुम्बासीलाइ लालपुर्जा वितरण गरिएको हो।

भूमि दिलाइदिन भनेर सुनवल नगरपालिकामा २३ सय, बर्दघाटमा पाँच सय, रामग्राम नगरपालिकामा एक सय ७५ र सुस्ता गाउँपालिकाबाट ३४ वटा निवेदन गरेका छन् ।

सुनवल नगरपालिका र वर्दघाट नगरपालिकामा अहिले नापी टोलीले काम गरिरहेको र केहिदिनमा प्रतापपुर र सुस्ता गाउँपालिकामा नापजाचा गरिने भुमि आयोगले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *