Main News

‘कार्वाइड’ प्रयोग गरेर पकाइएका आँपले मानव स्वास्थ्यमा असर पुर्‍याउँदै (भिडियो रिपोर्टसहित)

२०८० असार १३ गते १८:१८
‘कार्वाइड’ प्रयोग गरेर पकाइएका आँपले मानव स्वास्थ्यमा असर पुर्‍याउँदै (भिडियो रिपोर्टसहित)

१३ असार २०८० धनुषा । फलफूलको राजा भनिने आँप मन नपराउने मानिस सायदै होलान। आयुर्वेदमा उल्लेख भएअनुसार काँचो होस् या पाकेको, आँपमा औषधीय गुण हुन्छ।

आँपले मुटु र पित्तलाई नियन्त्रणमा गर्न सघाउँछ। तर, पछिल्ला वर्ष प्रतिबन्धित हानिकारक विषादी ‘कार्वाइड’ प्रयोग गरेर पकाइएका आँपले बजार ढाक्दा खानै डराउनु पर्ने अवस्था सिर्जना भएको छ। मुख्य सिजनमै आँपको स्वाद लिन उपभोक्ता डराउँदा पनि राज्यले अनुगमनको आवश्यकता देखेको छैन।

तराई मधेशलाई आँपको भण्डार नै मानिन्छ । फलको राजा आँपको अहिले सिजन चलिरहेको छ । मधेशको राजधानी जनकपुरधाम मात्र होइन यहाँका मुख्य शहर बजारदेखि ग्रमाीण चौक र हाटबजारमा समेत अहिले व्यापक आँपको विक्रि भइरहेको छ । तर यि आँप स्वास्थ्यकै लागि हानिकारक छन् ।

चिकित्सका अनुसार समय अगावै विषादी छरेर तयार गरिने यस्ता आँपले शरिरमा अल्पकालिन मात्र होइन दीर्घकालिन रूपमै असर गर्ने गर्दछ । तत्काल बान्ता हुने, टाउको दुख्ने समस्या देखिन सक्ने र नभएपनि यस्ता आँपको प्रयोगले स्नायु, मानसिक समस्या निम्त्याउने चिकित्सक बताउँछन् । विषादी प्रयोग भएका आँप हानिकारक रहेको थाहा हुँदाहुँदै पनि सर्वसाधारणले सहजै आँप किनेर प्रयोग गरिरहेका छन् ।

वास्तवमा रूखमा प्राकृतिक रूपमै आँप पाक्ने समय भन्दा अगावै व्यापारको ब्यग्रता र प्रतिस्पर्धी बजारको मांग अनुसार आँप बैशाख सुरु हुने वितिकै विक्री हुन थाल्दछ ।

यसअघि कार्वाइड हालेर चार पाँच दिनमा पकाउने आन्पलाई अहिले किपोन नामक विषादी स्प्रे गरि एक दुई दिनमै पकाइन्छ । यस स्प्रेले आँप मात्र पकाउँदैन आँपको साइज पोटिलो र खाइलाग्दो रंग पनि दिने हुनाले फुलवारीमै स्प्रे गरि बजारमा पठाउने गरिएको छ ।

सडक छेउ छाउमा खुद्रा व्यापार गर्ने फुटपाते व्यवसायी एक महिना अघिदेखि व्यापार सुरु भएको भन्दै दैनिक करिव डेढ सय किलो आँप बेच्ने गरेको बताउँछन् ।

मधेशको आँप बोटमा पाक्नु भन्दा अगावै भारतबाट आँप आयात हुन थाल्छ र बजार लिन्छ । तराई मधेशमा नास्ता, खाना सहित व्यापाक रूपमा प्रयोग हुने आँप विषादीयुक्त हुनु स्वास्थ्यमै चरम लापरवाही हो । खुलेआम यस्ता आँप विक्रि वितरण भएपनि कुनै पनि रोकटोक र अनुगमन नहुनुले राज्यको गैरजिमेवारीपनलाई प्रष्ट पारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *