घोराही उपमहानगरपालिकाको बजेटमा वाडध्यक्ष असन्तुष्ट (भिडियो रिपोर्टसहित)

२०८० असार १३ गते १८:१३
घोराही उपमहानगरपालिकाको बजेटमा वाडध्यक्ष असन्तुष्ट (भिडियो रिपोर्टसहित)

१३ असार २०८० दाङ । दाङको घोराही उपमहानगरपालिकाले आइतबार ल्याएको बजेटप्रति कतिपय वडाले असहमति जनाएका छन् ।

वडाले गरेको माग अनुसार बजेट विनियोजन नगरेको भन्दै असहमति जनाउँदै जनप्रतिनिधिले राजीनामा नै दिएका छन् । पुनर्विचार नगरे आन्दोलनको कार्यक्रम गर्ने भन्दै १५ नम्बर वडावासीले संघर्ष समिति नै गठन गरिसकेका छन् ।

दाङको घोराही उपमहानगरपालिकाले ल्याएको आगामी आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रमबाट उपमहानगरका वडावासी असन्तुष्ट बनेका छन् । उपमहानगरपालिकको वडा नम्बर १५ ले बजेटमा असन्तुष्टि जनाउँदै विरोधका कार्यक्रमसमेत गर्न थालेका छन् ।

वडाध्यक्ष, वडा सदस्य तथा टोलविकास संस्थाका अध्यक्षसहित उपमहानगरपालिकामा पुगेर ज्ञापनपत्र बुझाउदै आफुहरुको माग सम्बोधन गर्न समेत माग गरेका छन् । माग सम्वोधन नगरिए बाध्य भएर सङघर्षका कार्यक्रम अगाडि बढाउने स्थानीयले चेतावनी नै दिएका छन् ।

वडा नं १५ ले उपमहानगरपालिकाले आफुलाई उपेक्षा गरेको समेत आरोप लगाएका छन् । ज्ञापन पत्रमा आर्थिक २०८०–०८१ को बजेटले यस वडाभित्र विगत ६ वर्षदेखि पहिचान गरिएको समस्या समाधानको लागि कुनै पनि योजना तथा कार्यक्रमले सम्बोधन हुन नसकेको उल्लेख गरिएको छ ।

उपमहानगरको वडा नम्बर १५ मा अनेक समस्या छ । सडकको बीचमा खानेपानीको पाइप, लाइन र बिजुलीको पोल ठडिएर अस्तव्यस्त बनाएको छ । फुटपाथ, सडकबत्ती छैन । यस्तै, समस्या वडा नम्बर ८ मा पनि छ ।

वडाध्यक्षले उपमहानगरलाई २६ वटा योजना बनाएर दिएपनि कुनै पनि योजना समावेश नभएको भन्दै राजीनामा नै दिए । जनताको काम गर्न निर्वाचित भएको तर उपमहानगरका कारण आफुले जनताको काम गर्न नसकेको भन्दै वडाध्यक्षले पदबाट राजीनामा दिएका हुन् ।

यता, बढ्दो असन्तुष्टिका बीच उपमहानगरले वडावासीको माग सम्बोधन गर्ने प्रतिवबद्धता जनाएको छ ।

वडाभित्र रहेका सयौँ बढी टोलको न्युनतम साझा कार्यक्रम भनेको ढल निकास र सडक स्तरोन्नति हो । तर, बारम्बार न्युनतम साझा कार्यक्रम सम्बोधनको लागि अनुरोध गर्दा समेत बेवास्ता गरिएकोमा स्थानीय आक्रोशित हुन पुगेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *