फेरियो म्हेपी मन्दिरको स्वरुप, नारायणको मूर्ति प्रतिस्थापन (भिडियो रिपोर्टसहित)
२०८० असार १३ गते १६:३९

१३ असार २०८० काठमाडौं । २०७२ सालको बिनाशकारी भूकम्पले क्षति पुर्याएको काठमाडौंको म्हेपी मन्दिरको दक्षिण मुल ढोकामा नारायणको मुर्ति प्रतिस्थापन गरिएको छ ।
भूकम्पले क्षति पुर्याएको मन्दिरलाई निर्माण सम्पन्न गरी बुधबार बिषेश पूजाआजासहित नारायणको मुर्ति प्रतिस्थापन र क्षमा पूजा तथा अनावरण गरिएको हो ।
यो मन्दिर पुनःनिमाण गर्न ६० लाख रुपैयाँ खर्च भएको छ । मन्दिरमा पूजा गर्न आउने र घुम्न आउनेबाट दानस्वरुप पुनःनिर्माण खर्च संकलन गरिएको हो ।
यो मन्दिर काठमाडौ महानगर १६ मा विष्णुमति नदी किनारबाट २ सय मिटर पूर्वमा रहेको थुम्के डाँडामा अवस्थित छ ।
प्रतिक्रिया