पोखरामा चट्याङ लागेर एक जनाको मृत्यु

२०८० असार १० गते १३:२४
पोखरामा चट्याङ लागेर एक जनाको मृत्यु

१० असार २०८० कास्की । पोखरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका-२३ हर्पनका ४९ वर्षीय देवबहादुर विकको घरमै चट्याङ लागेकाे जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

शनिबार राति साढे ११ बजेको समयमा ढुङ्गामाटोले बनेको एकतले कच्ची घरको ढोका लगाउने क्रममा चट्याङकाे प्रहारबाट विक बेहोस हुनुभएको थियो ।

घटनालगत्तै अस्थायी प्रहरी पोष्ट बाम्दीबाट गएको प्रहरी टोलीले उहाँको उद्धार गरी मेट्रोसिटी अस्पताल पठाएको थियो । उहाँलाई अस्पतालले आज बिहान २ः२० बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतकको शव परीक्षणका लागि अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *