गल्छीमा भारतीय यात्रुबस दुर्घटना हुँदा एक जनाको मृत्यु, १९ जना घाइते

२०८० असार ८ गते १३:४७
गल्छीमा भारतीय यात्रुबस दुर्घटना हुँदा एक जनाको मृत्यु, १९ जना घाइते

८ असार २०८० काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका– ७ गल्छीमोडमा भारतीय यात्रुवाहक बस दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।

घटनामा १९ यात्रु घाइते भएका छन् । काठमाडौंबाट भारतको राजस्थानतर्फ जाँदै गरेको AR06E7031 नम्बरको बस अनियन्त्रित भई दुर्घटना हुँदा राजस्थान निवासी १२ वर्षीय कल्पना पारिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

एसपी मिश्रका अनुसार बसमा ३० जना यात्रु सवार रहेका थिए । दुर्घटनामा परी घाइते भएका १९ जनाको अवस्था सामान्य रहेको छ । सामान्य घाइतेहरूको गल्छीस्थित स्वास्थ्य कार्यालयमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *