कर फर्छ्यौट आयोगका तत्कालीन पदाधिकारी चुँडामणि शर्मासहित तीन जनालाई ९ वर्ष कैद सजाय

तीनै जनालाई जनही २ अर्ब ५ करोड बिगो र जनही ४ अर्ब १० करोड जरिवाना

हिमालय टिभी
२०८० असार ५ गते १८:०९
कर फर्छ्यौट आयोगका तत्कालीन पदाधिकारी चुँडामणि शर्मासहित तीन जनालाई ९ वर्ष कैद सजाय

५ असार २०८० काठमाडौं । विशेष अदालतले कर फर्छ्यौट आयोगको भ्रष्टाचार मुद्दामा अहिलेसम्मकै सबैभन्दा बढी विगो, जरिवाना र सजाय निर्धारण गरेको छ ।

अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महतलाई ९ वर्ष १ महिना, सदस्य उमेश ढकाल र सदस्यसचिव आन्तरिक राजस्व विभागका तत्कालिन महानिर्देशक चुडामणि शर्मालाई ९ वर्ष कैद सजाय हुने फैसला गरेको हो ।

विशेष अदालतले यसअघि नै उनीहरुमाथि ६ अर्ब १५ करोड ७० लाख ४६ हजार ८४७ रुपैयाँ कुल विगो कायम गरेको थियो । दामासाहीले भाग लगाउँदा हरेकले २ अर्ब ५ करोड ४६ लाख ९८ हजार ९४९ रुपैयाँ विगो तिर्नुपर्ने विशेष अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीले जानकारी दिनुभयो ।

राजस्व चुहावटको मुद्दामा विगोको दोब्बर सजाय हुने भएकाले उनीहरुले जनही ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ८९८ रुपैयाँ जरिवाना तिर्नुपर्नेछ । विगो र जरिवाना गरेर हरेकको भागमा ६ अर्ब १६ करोड ४० लाख ९६ हजार ८४७ रुपैयाँ तिर्नुपर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *