लुबाट बच्न किसान र सफाइकर्मीलाई अभिमुखीकरण तालिम

हिमालय टिभी
२०८० असार १ गते १३:४१
लुबाट बच्न किसान र सफाइकर्मीलाई अभिमुखीकरण तालिम

१ असार २०८० बाँके । नेपालगन्जमा अत्यधिक गर्मी र तातो हावा लु ले जनजीवन कष्टकर बनेपछि कृषक तथा सरसफाईकर्मीलाई अभिमुखीकरण दिइएको छ ।

अत्यधिक गर्मी बढ्दा दिउँसोसमेत काम गर्नुपर्ने बाध्यताका सफाइकर्मी साथै कृषकलाई लु बाट बच्न अभिमुखीकरण दिइएको हो । भेरी वातावरणय विशिष्ठ समूह र रेडक्रस बाँकेको समन्वयमा नेपालगन्ज उपमहानगरका ३६ सरसफाई सुपरभाइजर, डुडुवा खजुराका गरी १५ कृषकलाई तालिम दिइएको वातवरणीय स्वास्थ्य सहयोग परियोजनाका व्यवसाय विकास अधिकृत समद सिद्दिकीले बताउनुभयो ।

तातो हाजा लु चलेको समयमा कामदारलाई दिउँसोको समयमा काम नगरि विहान र वेलुकाको समयमा काम गर्न परियोजनाको आग्रह छ ।

भेरी वातावरणय विशिष्ठ समुहले आयोजना गरेको कार्यक्रम ४ दिन चलेको थियो जसमा सरसफाइकर्मीलाई हुनसक्ने स्वास्थ्य जोखिमका बारेमा समेत सचेत गराइएको थियो । नेपालगन्जमा दैनिक तापक्रम ३९ देखि ४२ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ ।

भेरी अस्पतालमा गर्मीका कारण बिरामीको चाप बढ्न थालेको छ । गर्मीले जनजीवन प्रभावित बन्दा बाँकेका अधिकांश विद्यालय बन्द छन् । जिल्ला प्रशासन कार्यालयले बाँके जिल्लामा अझै केही दिन तातो हावा चल्ने हुँदा सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *