प्रधानमन्त्री प्रचण्डले भारतलाई दुई वटा नदी सित्तैमा दिएको ओलीको आरोप (भिडियो रिपोर्टसहित)

२७ जेठ २०८० काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको क्रममा देशहितको पक्षमा चुइक्क पनि बोल्न नसकेको बताउनु भएको छ ।
काठमाडौंमा पार्टी निकट नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेलामा अध्यक्ष ओलीले मित्र राष्ट्र भारतसँग आफ्नो देशको पीरमर्कासमेत प्रधानमन्त्रीले राख्न नसकेको बताउनुभयो।
वर्तमान सरकारलाई नालायकको संज्ञा दिँदै देशकै लागि दुर्भाग्य भएको बताउनुभयो । ओलीले देशको दुर्दिन सुरु हुनु युक्रेन वारको कारणले हो ? भनि सरकारमाथि कटाक्ष समेत गर्नुभयो ।
अध्यक्ष ओलीले नेपालका दुई नदी भारतलाई सित्तैमा सुम्पेर प्रधानमन्त्रीले गल्ती गरेको बताउनु भयो ।
अध्यक्ष ओलीले कर्मचारीहरुलाई मुस्कानसहितको जनसेवाका काममा जुटन पनि पटकपटक आग्रह गर्नुभयो । उहाँले जनसेवाको काममा लागेर मात्रै देशलाई अघि बढाउन सकिने पनि स्मरण गराउनुभयो ।
प्रतिक्रिया