उद्योगको अटेरीः स्थानीय मारमा, बालबालिका जोखिममा (भिडियो रिपोर्टसहित)

२०८० जेठ २७ गते १६:४८
उद्योगको अटेरीः स्थानीय मारमा, बालबालिका जोखिममा (भिडियो रिपोर्टसहित)

२७ जेठ २०८० बारा । कुनै पनि उद्योग सञ्चालनका लागि अनिवार्य सर्त हो घना वस्ती र विद्यालय क्षेत्रभन्दा टाढाको स्थान । तर बारामा सञ्चालित दर्जन बढी उद्योगले अटेरी गर्दा स्थानीय मारमा परेका छन् भने विद्यालय जाने बालबालिका जोखिममा परेका छन् ।

वीरगञ्ज पथलैया औद्योगिक करिडोरको जीतपुरसिमरा उपमहानगरपालिका– ८ रमौलीमा रहेको नेपाल सेरामिक इन्डस्ट्रिज विद्यालय र घना वस्ती नजिकै छ ।

नेपाल राष्ट्रिय आधारभूत विद्यालय रमौलीको मूल गेटबाट तीन सय मिटरको दूरीमा सञ्चालित सेरामिक इन्डस्ट्रिजको नेपोभिट टायल्स उद्योगका कारण विद्यार्थी र स्थानीयले वर्षौंदेखि समस्या भोग्दै आएका छन् । समान्य हावाहुरी चल्दा पनि टायल बनाउन राखिएको माटो उडेर विद्यालय र स्थानीयको खेतीमा क्षति पुर्याउने गरेको छ ।

टायल बनाउन राखिएको माटो उडेर प्रदुषण फैलिएको र यसले विद्यार्थीलाई परेको असरबारे वडा कार्यालयले समेत उद्योगलाई पटक पटक लिखित जानकारी गराएको छ । तर उद्योगले अटेरी गर्दै स्थानीयलाई धम्की दिने गरेको छ ।

नेपाल सेरामिक इण्डस्ट्रिजले वडा नम्वर( ८ को स्थानीय खोलामा प्रदुषित पानीसहितको लेदो र फोहर समेत फाल्दा पशु चौपायको समेत नाश भइरहेको स्थानीयको गुनासो छ । खोलामा बगेको प्रदुषित पानी पिउँदा पशु चौपाय मर्ने गरेका छन् ।

बाराका घना वस्ती र विद्यालय आसपासमा सञ्चालित यस्ता उद्योग स्थानान्तरण र स्थानीयलाई प्रदुषणबाट जोगाउन प्रशासनले कुनै पहल गरेको छैन । बारामा सञ्चालित अधिकांश उधोग मापदण्ड विपरित छन् ।

औद्योगिक ग्राम घोषणा तथा सञ्चालनसम्बन्धी कार्यविधि २०७५ को दफा ३ को उपदफा ख ले घनावस्तीबाट न्यूनतम एक किलोमिटरको दूरीमा मात्रै यस्ता उद्योग सञ्चालनको अनुमति दिने व्यवस्था गरेको छ । यस्तै औद्योगिक व्यवसाय ऐन २०७६ तथा वातावरण संरक्षण नियमावली २०७७ ले समेत प्रदुषण नियन्त्रबारे सजग गराएको छ । तर यसबारे कसले आवाज उठाइदिने ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *