सामुदायिक विद्यालयस्तरमा दिइने शिक्षा किन यति लचिलो ? (भिडियो रिपोर्टसहित)

२०८० जेठ २६ गते १४:४१
सामुदायिक विद्यालयस्तरमा दिइने शिक्षा किन यति लचिलो ? (भिडियो रिपोर्टसहित)

२६ जेठ २०८० मन्थली । कक्षा १ देखि नै बालबालिकालाई विद्यालयमा कखरा लेख्न सिकाइन्छ । कक्षा ५ सम्म पुग्दा बालबालिका पढाइमा निखारिएका हुन्छन् । तर रामेछापको खाँडादेवी गाउँपालिका ४ मा रहेको सेतीदेवी आधारभूत विद्यालयमा अध्ययनरत कक्षा ५ का विद्यार्थीलाई भने अहिलेसम्म कखरा लेख्न आउँदैन । यस्ले सामुदायिक विद्यालय स्तरमा दिइने शिक्षामाथि नै प्रश्न उब्जिएको छ ।

कक्षा ५ मा अध्ययन गर्ने विद्यार्थीलाई कखराको ‘क देखि ज्ञ’ सम्मका सबै अक्षरहरु लेख्न आउँदैन भन्दा अनौठो लाग्न सक्छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई लिएर बारम्बर प्रश्न उठिरहेका बेला रामेछापको खाँडादेवी गाउँपालिका ४ मा रहेको सेतीदेवी आधारभूत विद्यालयको वास्तविकता हो यो ।

स्थानीय सरकारले पनि भौतिक पूर्वाधारपछि शैक्षिक क्षेत्रमा सबै भन्दा बढी लगानी गरेको पाइन्छ । तर सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर भने झन् खस्किँदै गएको छ । शिक्षकले विद्यालयमा मन लागे आउने नलागे नआउने र राम्रोसँग नपढाउने कारणले यस्तो अवस्था आएको अभिभावकको गुनासो छ ।

अभिभावकले शिक्षकलाई दोष देखाइरहेका छन् भने शिक्षकले अभिभावककै कारण विद्यार्थीको पढाई कमजोर भएको दाबी गर्दै आएका छन् ।

विद्यालयका प्रधानाध्याक इन्द्रदाश श्रेष्ठ प्रायःजसो विद्यालय नै जाँदैनन् । गएपनि हाजिर गरेर हिड्ने गरेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । यस विषयमा शिक्षा विकास तथा समन्वय इकाई रामेछापमा उजुरी समेत परेको छ ।

गाउँपालिकाको शिक्षा शाखाले भने नियमति अनुगमन भइरहेको भन्दै शिक्षक नियमित विद्यालय नगएको पाइएमा कारबाही गर्ने बताएको छ ।

शिक्षकहरु आफ्नो पेशाभन्दा राजनीतिमा बढी केन्द्रित हुँदा राज्यले गुणस्तरीय शिक्षाका लागि गरेको अरवौंको लगानी बालुवामा पानी खन्याए सरह भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *