गल्छी हत्याकाण्डका तीनैजना आरोपी कारागार चलान

२६ जेठ २०८० धादिङ । धादिङको गल्छी गाउँपालिका–८, निबुवाबोटमा गत वैशाख २७ गते भएका हत्याको घटनाका आरोपीहरूलाई कारागार चलान गरिएको छ ।
होटलमा खाजा खाएको पैसाका विषयमा विवाद हुँदा सोही ठाउँका विनोद थापा मगरलाई छुरा प्रहार गर्दा उनको मृत्यु भएको थियो ।
घटनामा संलग्न ४७ वर्षीया सरस्वती पनेरु (पण्डित), उनका छोरा २६ वर्षीय निरज पण्डित र पाल्पाको तानसेन नगरपालिका–१४ घर भई हाल गल्छी–८ मा बस्दै आएका किरन रानालाई पक्राउ परिएको थियो ।
धादिङ जिल्ला अदालतको जेठ २४ गतेको थुनछेक आदेशले तीनैजना आरोपीलाई पुर्पक्षको लागि कारागार कार्यालय धादिङ चलान गरिएको हो।
शानदार होटल एण्ड लजका सञ्चालक समेत रहेकी पनेरुमाथि मृतक विनोद थापामगरको हत्या तथा केटीहरूलाई डर, त्रास, प्रलोभनमा पारी वेश्यावृत्ति गराई मानव बेचबिखन गरेको अभियोगसमेत लागाइएको छ ।
प्रतिक्रिया