राजनीति

एमालेको उमेरहद सच्याइँदा नयाँ पुस्ता मारमा (भिडियो रिपोर्टसहित)

२०८० जेठ २४ गते २०:५४
एमालेको उमेरहद सच्याइँदा नयाँ पुस्ता मारमा (भिडियो रिपोर्टसहित)

२४ जेठ २०८० काठमाडौं । नेकपा एमालेले कार्यकारी नेतृत्वमा लागू गरेको ७० वर्षे उमेरहद हटाएको छ । महाधिवेशनबाट पारित विधानमै व्यवस्था भएको ७० वर्षे उमेरहद सम्बन्धी व्यवस्था सचिवालय बैठकबाट संशोधन गरेपछि विभिन्न टिप्पणी भइरहेका छन् । किन हटाइयो उमेरहद ?

नेकपा एमालेको विधानमा भनिएको छ–‘सबै तहको कार्यकारी कमिटीको पदाधिकारी वा सदस्यमा निर्वाचित वा मनोनित हुन ७० वर्ष उमेर पुरा नभएको हुनुपर्नेछ ।’ विधान पार्टीको मूल कानून हो । यसैका आधारमा पार्टी चल्छ । एमालेले पार्टी विधानको धारा– ६४ मा रहेको ७० वर्षे उमेरहदलाई सचिवालय बैठकमार्फत् स्थगन गरेको छ ।

अब एमालेको कार्यकारी नेतृत्वमा पुग्न उमेरले छेक्ने छैन । उमेरहद हट्ने भएसँगै ७२ वर्षे केपी शर्मा ओलीलाई पुनः अध्यक्ष बन्ने बाटो खुलेको छ । यस्तै अहिले नै ७० वर्ष उमेर पुगेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा र युवराज ज्ञावालीलाई पनि पुनः नेतृत्वमा रहिरहन मार्गप्रशस्त गरेको छ । विधानमै उल्लेख गरेको उमेरहद हटाउनेसम्मको निर्णयमा एमाले किन पुग्यो त ?

एमालेमै रहेका तर, पार्टी विभाजनपछि एमाले छाडेका नेताहरु पुनः एमाले फर्किरहेका छन् । फर्किने अधिकांस नेता ७० वर्ष आसपासका छन् । यस्तै लामो समय एमालेमै रहेका बामदेव गौतमले पनि उमेरहद हटाए एमालेमा फर्कने सार्वजनिक अभिव्यक्ति नै दिनुभएको छ । गौतम जस्तै नेताहरुलाई एमाले फर्कने बाटो खुलाउन पनि विधानको ७० वर्षे प्रावधान हटाइएको हो ?

सचिवालय बैठकले ७० वर्षे उमेरहद हटाउने भने पनि यसलाई आउँदो महाधिवेशनले टुंगो लगाउने एमालेले जानकारी दिएको छ । उमेरहद हट्दा ७० वर्ष उमेर कटेका नेतालाई फाइदा हुने भएको छ ।

अध्यक्षमा ओलीपछि को रु भन्ने प्रश्न एमालेमा उठिरहेको छ । यही प्रश्नका बीच भएको उमेरहद हटाउने निर्णय अध्यक्षमा ओलीलाई नै निरन्तरता दिने हतियार हो भन्ने कुरामा दुईमत छैन । तर ओलीको निरन्तरताका नाममा संशोधन हुने उमेरहद सम्बन्धी व्यवस्थाले नयाँ पुस्ताका नेताहरुलाई नेतृत्वमा पुग्न बञ्चितसमेत गर्ने छ । त्यसैले उमेरहद संसोधनको माग गरिरहेकाहरु फुरुङ पर्दा नेतृत्वमा पुग्ने दाउ हेरिरहेका कम उमेरमा नेताहरु भने रुष्ट बनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्