प्रचण्ड-मोदीले उद्घाटन गरेको आईसीपी आएन सञ्चालनमा (भिडियो रिपोर्टसहित)

२०८० जेठ २३ गते २१:०६
प्रचण्ड-मोदीले उद्घाटन गरेको आईसीपी आएन सञ्चालनमा (भिडियो रिपोर्टसहित)

२३ जेठ २०८० बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमा क्षेत्रमा निर्माण गरिएको एकीकृत भन्सार जाँच चौकी आईसीपी गत बिहिबार नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गरे । तर, उद्घाटन भएको एक साता बितिसक्दा पनि संचालनमा आउन सकेको छैन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका बेला तामझामका साथ उद्घाटन गरेपछि नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बोलेको कुरा हो यो । तर, गजुरेलको यो बोली झुट सावित भएको छ । एकीकृत भन्सार जाँच चौकी आईसीपीको पूर्वाधार बने पनि भित्रका सबै काम बाँकी छन् । कार्यालयका लागि आवश्यक फर्निचर छैनन् । विद्युतको जडानको काम पनि बाँकी नै छ । जसका कारण आईसीपी सञ्चालनमा आउन सकेको छैन ।

आईसीपी सञ्चालनमा नआउँदा भन्सार लगायतका कार्यालयहरुले पुरानै संरचनाबाट काम गरिरहेका छन । भारतबाट नेपालगन्ज नाका हुँदै दैनिक १ सय ५० देखि २०० वटा माल बाहक गाडी नेपाल भित्रिन्छन् । गाडी पाकिङ गर्नका लागि पार्किङ क्षेत्र कम हुँदा सडककै दायाबाया राखेर भन्सार जाँचपासको काम हुँदै आएको छ ।

आईसीपीको काम नसकिँदै उद्घाटन गरिएकोमा व्यावसायी रुष्ट छन् । सहजै भन्सारको काम होला भन्ने आशामा रहेका व्यापारी निराश छन ।

भारत सरकारको सहयोगमा २ अर्ब ३५ करोड नेपाली रुपैयाँको लागतमा आइसिपी निर्माण भएको हो । करिब ९० बिघा क्षेत्रफलमा २०७७ कार्तिक २५ गतेबाट निर्माण सुरु भएको आईसीपीमा पशु क्वारेन्टिन, अध्यागमन, बैंक, खाद्यप्रविधि, प्लान्ट क्वारेन्टिनलगायत भन्सारसँग सम्बन्धित सबै प्रकारका सेवा उपलब्ध हुनेछ । जहाँ तीन सयवटा मालबाहक ट्रक पार्किङ गर्न सक्ने क्षमता छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *