दुर्घटना न्यूनीकरण गर्न ‘चालक तथा यात्रुसँग ५ मिनेट’ (भिडियो रिपोर्टसहित)

२०८० जेठ २० गते १७:५९
दुर्घटना न्यूनीकरण गर्न ‘चालक तथा यात्रुसँग ५ मिनेट’ (भिडियो रिपोर्टसहित)

२० जेठ २०८० धादिङ । पृथ्वीराजमार्गमा दिनहुँ दुर्घटना हुन्छन् । धादिङ प्रहरीको आधा जनशक्ति त दुर्घटना भएको स्थान, अस्पतालमा घटना विवरण टिप्नमै बढी केन्द्रित हुन्छन् ।

सडक दूरावस्थाका कारण ट्राफिक प्रहरीले पनि उत्तिकै सकस भोग्ने गर्दछन् । दूर्घटना न्यूनीकरण गर्न अनेक योजना बनाएपनि दुर्घटना कम भने भएका छैनन् । अहिले जिल्ला प्रहरी कार्यालय प्रमुख गौतम मिश्रले नयाँ सचेतना अभियान अघि सार्नुभएको छ । जसलाई चालक तथा यात्रुसँग पाँच मिनेट नाम दिइएको छ ।

अति नै व्यस्त पृथ्वीराजमार्गमा हुने दुर्घटनाबाट हरेक वर्ष कयौंको ज्यान जाने गरेको छ भने धेरैको अंगभंग हुने गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङ्गको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७९–०८० को बैशाख मसान्तसम्म१ सय ५६ सवारी दुर्घटना भएका छन् । यी दुर्घटनामा ३२ जनाले ज्यान गुमाए । ४७ जना गंभीर घाइते र २ सय ७२ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

तीव्र गति, सडकको दुरावस्था, चालकको लापरबाही, यान्त्रिक लगायतका कारण सवारी दुर्घटना हुने गरेको छ । त्यसैलाई न्यूनीकरण गर्न जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले सचेतना अभियान सुरु गरेको छ ।

चालक तथा यात्रुसंग पाँच मिनेट नाम दिइएको सचेतना अभियानमा ट्राफिक नियम तथा सवारी दुर्घटना सम्बन्धि जनचेतना, आरक्षण सिट, बढी भाँडा, रिफ्लेटिक्भ स्टिकर टास लगायत सम्बन्धि जानकारी दिने गरिएको छ । सो क्रममा यात्रुको गुनासो समेत सुन्ने गरिएको छ ।

कतिपय यात्रुले भाडामा एक रुपता नभएको गुनासो गर्छन् । केहिले ठिकै लिने गरेपनि केहिले बढी भाडा असुल्ने गरेको यात्रुको गुनासो छ । चालकले भने आफूहरुले नियम अनुसार चलाउने गरेको दाबी गर्छन् ।

प्रहरीले नियमविपरित चलाउने चालकलाई कारबाही गरेर पनि नियम पालना गर्न लगाउँदै आएको छ । जनचेतना र कारबाहीका बाबजुत पनि दुर्घटना न्यूनीकरण भने हुन सकेको देखिँदैन् । अधिकांश सवारी दुर्घटना राजमार्गमा तीव्र गतिमा सवारी हाँक्दा हुने गरको प्रहरीको तथ्यांकले देखाउँछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *