सडकले ओगटेको जग्गाको पनि कर तिर्न बाध्य मुगुका बासिन्दा (भिडियो रिपोर्टसहित)

२०८० जेठ २० गते १७:१०
सडकले ओगटेको जग्गाको पनि कर तिर्न बाध्य मुगुका बासिन्दा (भिडियो रिपोर्टसहित)

२० जेठ २०८० मुगु । आफ्नो ठाउँ सडक सञ्जालमा जोडिन लागेसँगै मुगु र जुम्ला बासीले नाग्म गमगढी सडक निर्माणका लागि खुसी हुँदै जग्गा दिए ।

जग्गा दिएको एक दशक बितिसकेको छ । अहिलेसम्म पनि सडकको लगत कट्टा नहुँदा भने मुगुको बासिन्दा सडकले ओगटेको जग्गाकोसमेत कर तिर्दै आएका छन् ।

मुगुको छायाँनाथरारा नगरपालिका २ को नन्दकला मल्लको नाग्मगमगढी सडक अन्तरगत गमगढी बजारमा न्यूरोडमा जग्गा छ । एक दशकअघि नाग्म गमगढी सडक बन्ने भएपछि आफ्नो जग्गा सडकलाई दिनुभयो । तर, सम्बन्धित निकायले जग्गाको लगत कट्टा नगर्दा उहाँ सडकको समेत कर तिर्दै आउनुभएको छ ।

नाग्म गमगढी सडकको निर्माणसँगै २०६९ साल पुस १ गतेबाट मुगु जिल्ला सडक सञ्जालमा जोडियो । तर नाग्म गमगढी सडकको लगत कट्टा गर्न भने सम्बन्धित निकायले अहिलेसम्म चासो देखाएको छैन ।

सडकखण्डको ९५ किलोमिटर सडक डिभिजन कार्यालय जुम्ला मातहतमा पर्छ । तर डिभिजन कार्यलय जुम्लाले लगत कट्टाको विषयमा कुनै पहल गरेको छैन । डिभिजन कार्यालय विभिन्न समस्या देखाउँदै पन्छिने गरेको छ ।

आफ्नो गाउँठाउँमा सडक सञ्जाल पुग्दा मुगुका नागरिकमा खुसीको सीमा थिएन । दशकौसम्म पनि त्यहि सडकको कर तिरिरहनु पर्ने बाध्यताका कारण भने सडक नै बेखुसीको कारण बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *