Main News

पारिजात स्मृति केन्द्रको जग्गा अतिक्रमण ! (भिडियो रिपोर्टसहित)

२०८० जेठ १९ गते १८:१०
पारिजात स्मृति केन्द्रको जग्गा अतिक्रमण ! (भिडियो रिपोर्टसहित)

१९ जेठ २०८० काठमाडौं । काठमाडौं १६ नयाँबजारस्थित पारिजात स्मृती केन्द्रको जग्गा निजि विद्यालयले प्रयोगमा ल्याएको पाइएको छ । २०५० मा स्थापना भएको यो केन्द्र छायाँ र अभावमा त छदैंछ उल्टो अव्यवस्थित बनाइएको छ । जग्गादाताकै विद्यालयले प्रतिष्ठानको जग्गा निजि प्रयोजनका लागि उपयोग गरेको छ ।

यो परिजात स्मृति केन्द्र हो । विष्णुकुमारी वाइवा अर्थात साहित्यकार पारिजातको नाम खोलिएको यो प्रतिष्ठान केबल नामको प्रतिष्ठान बनेको छ । २०५० साल वैशाख ५ गते पारिजातको निधन भयो ।

पारितको निधनपछि २०५० वैशाख २६ गते पारिजात स्मृति केन्द्रको स्थापना भयो । केन्द्रको नाममा कुल २२.३ आना जग्गा थियो । पारिजातकी बहिनी सुकन्या वाइवाले ८.३ आना जग्गा दिनुभएको थियो । सरकारले पनि १४ आना जग्गा दिएको थियो । २०६५ जेठ २६ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार ३० वर्षका लागि १४ आना जग्गा भोगाधिकारका निम्ति उपलब्ध गरायो । त्यो जग्गा २०६५ भदौ १५ गते मालपोतमा दर्ता भयो ।

सरकारले उपलब्ध गराएकोमध्ये ३ आना जग्गा मात्र बाँकी छ, ११ आना जग्गा सडक विस्तारका क्रममा मिचियो । त्यस्तै २०५३ मा पशुपति अखण्ड बत्तिगुठी बाट रैतानी हुदै किता नम्बर ७९७ को १ रोपनी ११ आना २ दाम जग्गा पारिजातकी बहिनी सुकन्याको नाममा थियो । यो संशोधन भएर ३३६ नम्बर कायम भयो । यसबाट दुईवटा कित्ता बनाइयो, ३८८ र ३८९ ।

जसबाट २०६५ साल कार्तिक २६ गते कित्ता नम्बर ३८८ को ८ आना ३ पैसा जग्गा पारिजात स्मृति केन्द्रको नाममा सुकन्याले दार्ता गराउनुभयो । बाँकीको जग्गा सुकन्या वाइवकै नाममा छ जहाँ अमृत सेकेन्डरी स्कूल छ । सुकन्याकै विद्यालयले अहिले पारिजात स्मृति केन्द्रको थोरै जग्गामा बाटो प्रयोग हुने गरेर आफ्नो गेट बनाएको छ । यसमा केन्द्रले खाली जग्गा बाटोको रुपमा प्रयोग गर्न दिएको समझदारी भएको स्वीकार गरेको छ ।

त्यस सँगै अर्को चकित पार्ने कुरा यो केन्द्रको संरचना नै कानूनसम्मत नरहेको दावी वडाध्यक्षको छ । काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालले पारिजात स्मृति केन्द्रको भवन नक्सा नै पास नभएको बताउनुभएको छ ।

वडाको दाबीलाई खण्डन गर्दै पारिजात स्मृति केन्द्रले भौतिक मन्त्रालयको छाप सहित नक्सा पेश गरेको छ । नक्सा रहेको तर पूर्ण नभएको स्वीकारोक्ति केन्द्रको छ ।

केन्द्रको जग्गामा अहिले साढे ३ तल्लाको एउटा भवन बनाइएको छ । त्यसै भवनको भुइतल्लाको मुख्य प्रवेश कक्षमा पारिजातको शालिक छ । जुन बाहिरबाट देख्नै पाइँदैन । यसै भवनको भुइँतल्लाको सडकपट्टी जुन व्यवसायिक प्रयोजनका सटर छन् । भुइँ तल्लामाथिको तल्लामा बैठक कक्ष छ, जहाँ रेखदेख गर्ने व्यक्तिलाई दिइएको छ । छेउमै रहेको पुस्तकालय पनि बेवारिसे अवस्थामाछ ।

समग्रमा हेर्दा पारिजात स्मृति केन्द्रको यो भवन झट्ट हेर्दा कतैबाट पनि विभूतिको नाममा छुट्याइएको भवन जस्तो छैन । बरु कुनै निजी वा व्यवासायिक भवन देखिन्छ । पारिजात स्मृति केन्द्रको उद्देश्य पुरा नहुने गरी संरचना बनाइएको छ । यसले पारिजातको सम्मान कसरी होला ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *