कर्णालीमा कति बजेट ? मुगुका नागरिक किन भए असन्तुष्ट ? (भिडियो रिपोर्टसहित)

१७ जेठ २०८० मुगु । सरकारले सोमबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को बजेटमा सबैभन्दा धेरै बजेट कर्णाली प्रदेशमा विनियोजन गरेको छ ।
कर्णाली प्रदेशमा १६ अर्ब २७ करोड ३९ लाख विनियोजन भएको छ । त्यसमध्ये ४ अर्ब ३९ करोड २२ लाख पुँजीगत प्रकृतिको र ११ अर्ब ८८ करोड १७ लाख चालु प्रकृतिको बजेट छ । तर, कर्णालीकै मुगु जिल्लालाई भने बजेट नदिएको र प्राथमिकतामा नपारेको भन्दै सांसददेखि नागरिक रुष्ट बनेका छन् ।
नेपालकै सबैभन्दा ठुलो ताल रारा कर्णाली प्रदशको प्रमुख पर्यटकीय हबका रूपमा परिचित रारा लगायत मुगुको विकासका लागि सरकारले बजेट भाषण मार्फत सम्बोधन नगर्दा मुुगाली नागरिक यतिबेला असन्तुष्ट बनेका छन् ।
२०७५ साल बैशाख १ गते तत्कालीन प्रधानमन्त्री केपी ओलीले रारा पुगेर विकासका लागि बजेट विनियोजन गर्ने आश्वासन दिनुभयो । तर, त्यो आश्वासनमै सीमित भयो । यो पटक त झन् बजेट भाषणमा राराको विकास त के मुगुको नामनै उच्चारण नभएको भन्दै नागरिक रुष्ट बनेका छन् ।
देशकै सबैभन्दा ठुलो ताल रारा विकासको पखाइमा छ । रारा घुम्न जाने पर्यटकले कष्ट सहनुपरेको छ । विश्वकै चारधाम मध्ये जेठो धाम, कर्णाली राजमार्गमा बजेट नदिएको मुगालीको गुनासो छ ।
राष्ट्रिय राजनीतिमा मुगुका नेतृत्वको पहुँच नपुग्दा आज राज्यले मुुगुु प्रतिको दृष्टिकोण फरक भएको यहाँका राजनीतिक अगुवाको भनाइ छ ।
१७ वर्षअघि निर्माण सुरु भएको गमगढीन–नाक्चेलाग्ना सडक बजेट अभावमा अझै पूरा हुन् सकेको छैन। यस पटक यस सडकका लागि पनि बजेट विनियोजन भएन। यसरी जिल्लालाई ओझेलमा राखे कर्णाली सधैँ विकासमा पछि भइरहने नागरिकको गुनासो छ ।
प्रतिक्रिया